आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय

मोरङमा ‘लाइदिऊँ कि माया टुनामुना पो’ र ‘माया बस्यो है’को छायाङ्कन

शनिबार, १० फागुन २०८१, १८ : १७
शनिबार, १० फागुन २०८१

विराटनगर । मोरङको सुन्दरहरैंचा आसपासको पर्यटकीय क्षेत्रमा लाइदिऊँ की माया टुनामुना पो’ र  ‘माया बस्यो है’ बोलको दुई वटा गीतको भिडियो छायाङ्कन भइरहेको छ । ‘लाइदिऊँ कि माया टुनामुना पो’ बोलको गीतमा रचना रिमाल र प्रेम घिमिरेको स्वर रहेको छ भने यो गीतको संगीतकार शंखर थापा स्माई हुन् । 

यस गीतमा डी.पी. खनालको शब्द र उदय राज पौडेलको संगीत संयोजन रहेको छ । म्युजिक भिडियोमा जुना विश्वकर्मा, सम्राट अधिकारी र स्वयम् गायक प्रेम घिमिरेको पनि अभिनय रहेको छ। 

अर्को ‘माया बस्यो है’ बोलको गीतमा भने प्रेम घिमिरेकै स्वर तथा संगीत रहेको छ । यस गीतको शब्द रचना भने तीर्थ बस्ताकोटीको हो । गीतको संगीत संयोजनको काम दिनेश न्यौपानेले गरेका छन् । उक्त गीतमा पनि सम्राट अधिकारी र सृष्टि सुब्बाको अभिनय देख्न सकिन्छ। दुवै गीतमा दिनेश पराजुलीले छायाङ्कन गरेका हुन् भने दुवै गीतको डाईरेक्टर अनि कोरियोग्राफर केशब राज भट्ट हुन् ।

दुवै गीतको एजुकेसनल पार्टर एभरेस्ट ईन्टरनेसनल स्कुल जापान रहेको छ भने सपोर्टरको रूपमा जापानको कावासाकीमा रहेको दुनाटपरी र लाल्टिन नेपाली रेस्टुरेन्ट रहेको छ। गीत र भिडियोमा मेहनत गरेकोको कारण दर्शक, स्रोताले माया दिने प्रेम घिमिरेले बताए । 

गायक घिमिरे एक दशकदेखि नेपाली संगीत क्षेत्रमा लागेका व्यक्ति हुन् । ललितकला क्याम्पसबाट संगीत विषयमा डिग्री लिएका घिमिरेको आफ्नै स्वर तथा संगीतमा दर्जनौँ गीत सार्वजनिक भइसकेका छन् । 

उनको संगीतमा धेरै गायक गायिकाले स्वर भरिसकेका छन्। गायक घिमिरे पनि विगत १५ महिनादेखि जापानमा छन् । उनी जापानमा रहेको नेपाली स्कुल (एभरेस्ट ईन्टरनेसनल स्कुल जापान) मा संगीत विषयको शिक्षक छन् । 

हाल भने घिमिरे छुट्टीको लागि नेपाल आएका हुन् । सोही अवसरमा उनले दुईवटा गीत निर्माणमा भूमिका दिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप