स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्न जरुरी छ : मेयर शाह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्न जरुरी रहेको बताएका छन् । शनिबार स्वयम्भू महोत्सवको उद्घाटन गर्दै शाहले नेपालको विशेषता भनेकै स्थानीय खानेकुरा, संस्कृति, धर्म, कला भएको उल्लेख गरेका हुन् ।
उनले महोत्सवले नेपालको संस्कार, संस्कृति, धर्म, कला र परिकारहरूको प्रवर्द्धन गर्ने बताए । उनले युवा पुस्तालाई स्थानीय परिकार, धर्म, संस्कृति र कलाको महत्त्व बुझाउन सके नेपालले धेरै प्रगति हासिल गर्ने बताए ।
उनले भने, ‘हाम्रो विशेषता नै यही हो । हाम्रो धर्म संस्कृति, कला र खाने परिकार सँगसँगै जाने भएकाले यस्तो महोत्सवले यी तीन वटै कुरालाई प्रचार प्रसार गर्ने र नयाँ पुस्तालाई पनि हाम्रो परिकार के हो भन्ने बुझाउने मौका पनि हो । अहिलेको नयाँ पुस्तालाई यो खानेकुरा खाँदा के असर गर्दछ, यसमा क्याल्सियम छ की छैन ? प्रोटिन छ की छैन । यस्तो कुराको जानकारी एकदमै लिन खोज्छ । हाम्रो स्थानीय परिकारहरूमा न्युट्रिसनल भ्याल्युहरु एकदमै धेरै हुन्छ । धेरै हुन्छ भन्ने कुरा हामीले प्रचार गरिरहेका हुँदैनौँ । हाम्रो स्थानीय उत्पादनहरूमा के कति पाइन्छ भन्ने कुरा बिस्तारै नयाँ पुस्तालाई भन्दै गए हाम्रो खानेकुराप्रतिको आकर्षण अझै बढ्छ । हाम्रो खाना, हाम्रो खाजा यति सम्पूर्ण छ, अहिले विदेशीहरूले कुरा बुझ्दै हाम्रो खाने कुराहरू अपनाउन थालेका छन् । यसलाई प्रवर्द्धन गर्दै जानुपर्छ ।’
स्थानीय पहिचान र सम्भावना प्रवर्द्धनका लागि काठमाडौँ महानगरपालिका अन्तर्गत वडा नं १५ को आयोजनामा एक हप्ते स्वयम्भू महोत्सव आजबाट सुरु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा झडप, प्रहरीद्वारा दर्जनौँ सेल अश्रुग्यास प्रहार
-
यी कारणले विपक्षीसँग गले प्रधानमन्त्री ओली
-
पशुपन्छी खोपमा भ्रष्टाचार : मर्चवारीका शाखा प्रमुखविरुद्ध मुद्दा दायर
-
योगेश भट्टराईको प्रश्नः माओवादी संविधानको रक्षा गर्ने पक्षमा छ कि छैन ?
-
ज्ञानेन्द्रको विवेकहीनताका कारण राजावादीको आततायी सभा बन्यो : प्रचण्ड
-
मस्कको एक्सएआईले किन्यो एक्स