कांग्रेसको स्पष्टीकरण पत्रपछि मन्त्री रायको असन्तुष्टि – राजनीतिक पूर्वाग्रह राखियो
_wjaH200Ht9.jpg)
- सरोज यादव
सर्लाही । मधेश प्रदेशका श्रम तथा यातायात मन्त्री कौशल किशोर रायसँग नेपाली कांग्रेस सर्लाही जिल्ला अनुशासन समितिले स्पष्टीकरण माग गरेको छ। उनलाई पार्टी अनुशासन उल्लंघन गरेको आरोप लगाइएको छ। तर, मन्त्री रायले यो निर्णयलाई राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको भन्दै असन्तुष्टि जनाएका छन्।
सर्लाही निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेसका क्षेत्रीय सभापति रहेका रायमाथि अन्य दलका नेताहरूको कार्यक्रममा सहभागी भएको तथा पार्टीविरुद्ध गतिविधिमा संलग्न भएको आरोप लागेको छ। कांग्रेस अनुशासन समितिले सोही आरोपका आधारमा रायसँग स्पष्टीकरण माग गरेको हो।
तर, मन्त्री रायले आफू बलरा नगरपालिकास्थित एक विद्यालयका सेवा निवृत्त शिक्षकको सम्मान कार्यक्रममा मात्र सहभागी भएको प्रस्ट्याएका छन्। उनले शिक्षक संघ सर्लाहीको तीन पटक अध्यक्ष रहेको नाताले आफूलाई विद्यालयका कार्यक्रममा निमन्त्रणा गरिनु स्वाभाविक भएको बताए। ‘शिक्षकको सम्मान कार्यक्रममा गएर बोल्नु अनुशासन उल्लंघन कसरी हुन सक्छ? यो निर्णय व्यक्तिगत पूर्वाग्रहबाट प्रभावित छ,’ उनले भने।
मन्त्री रायले पार्टीभित्र विकृति, विसंगति, पैसाको चलखेल र दादागिरी मौलाएको विषयमा उक्त कार्यक्रममा बोलेको खुलासा गरे। उनले पार्टी छाड्ने नभई सुधारका लागि भित्रैबाट संघर्ष गरिरहने बताएका छन्। साथै, उनले संघीय तथा प्रदेश चुनावमा कांग्रेसका उम्मेदवारहरूलाई अन्तर्घात गर्नेहरू नै अहिले अनुशासनका संरक्षक बन्न खोजेको आरोप लगाए।
रायले अनुशासन समितिका संयोजक डा. सरोज कुमार राय यादवविरुद्ध आफूले केन्द्रीय अनुशासन आयोगमा उजुरी दिएको स्मरण गराउँदै, 'स्वयं अनुशासन उल्लंघन गर्ने व्यक्तिहरूले मलाई कारबाही गर्न खोज्नु हास्यास्पद छ,' भने।
यसैबिच मन्त्री रायले कांग्रेसका पूर्व जिल्ला सभापति नागेन्द्र कुमार राय यादवले लोसपा उम्मेदवारको पक्षमा भोट माग्दै गरेको भिडियो सार्वजनिक गरेका छन्। उक्त भिडियोमा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो पनि देखिन्छन्। उल्लेखनीय छ, कांग्रेस अनुशासन समितिका संयोजक डा. सरोज कुमार राय यादव पूर्व सभापति राय यादवकै छोरा हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा