‘अहिले अर्थतन्त्रमा ग्रहण लागेको छ, ग्रे–लिस्टबाट बाहिर ल्याउन सरकार गम्भीर हुनुपर्छ’

काठमाडौँ । पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले अहिले अर्थतन्त्रमा ग्रहण लागेको टिप्पणी गरेका छन् । उनले पछिल्लो समय निर्यात बढेको भनेर भएको चर्चाप्रति पनि आशंका व्यक्त गरेका हुन् ।
उनले भने, ‘अहिले निर्यात ७६ प्रतिशतले बढ्यो, आयात घटेको छ भनियो । तेस्रो मुलुकबाट भटमास प्रशस्त आयात गरेर ल्याएछ, ४६ अर्बको कच्चा पदार्थ आयात गरेर ल्याएछ, अनि अहिले ३८ अर्बको निर्यात गरेको भन्छन् । भारतले अहिले ती वस्तुहरूमा भन्सार बढी लगाएकोले त्यहाँका उद्यमीहरूले त्यो काम गर्न छोडेका छन्, यता भारतकै अनुकूल हुने खालका उद्यमी तथा व्यवसायीहरू छन्, उनले यतापछि पठाउँदा पाएको गेनमात्रै हो ।’
क्षेत्रीले अवास्तविक तथ्य र तथ्याङ्कलाई लिएर गौरव गरेको अवस्था भन्दै गुनासो पोखे । उनले भने,‘अहिले अर्थतन्त्र ग्रहण लागेको छ । हाम्रो बजेटमा झन्डै ४० प्रतिशत जति विदेशी ऋण र अनुदानको कुरा आउँथ्यो । अमेरिकामा राष्ट्रपति ट्रम्प आएपछि ९० दिनको लागि अनुदान बन्द गरेको कार्यकारी आदेश आएछ । एमसिसी पनि भ्रष्टाचार रैछ भन्ने कुरा आयो, अब यी सबै कुरा हामीले आफ्नै परिवेशबाट बुझेर हेर्नुपर्छ ।’ विदेशी अनुदान रोकिँदा शिक्षा, स्वास्थ्य, वनलगायतका क्षेत्रमा असर पर्ने उनको भनाई छ ।
उनले नेपालमा अहिले राजश्व बढ्न नसकेको बताए । उनले भने,‘राजश्व सकेको छैन । खर्च गर्ने बानी लागेको छ । बजेट ठुलो ल्याउने अनि मंसिरतिर घटाउने गरियो, यही चालु आर्थिक वर्षमा पनि १० प्रतिशत बजेट घटाइएको छ । सरकारलाई आफ्नै काममा पनि विश्वास रहनेछ भन्ने देखियो ।’
नेपालमा सबै संस्थाहरूमा स्वतन्त्र रूपमा काम गर्ने वातावरण नबनाइएको भनेर उनले आलोचना गरे । ‘अहिलेका प्रधानमन्त्री केपी ओलीले यसअघि प्रधानमन्त्री हुँदा सबै विभाग आफ्नो मातहत ल्याए । मन्त्रिमण्डलमा जाने एक महिनाभित्रै सम्पत्ति विवरण सार्वजनिक भनिएको छ, तर अहिले पनि कतिपय मन्त्रीहरूले कानुन मिचेका छन् । सम्पत्ति विवरण सार्वजनिक गरिएको छैन ।’
फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को प्लेनरी तथा वर्किङ ग्रुपले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी लगानीको जोखिमपूर्ण सूची (ग्रे लिस्ट) मा परेको छ । नेपाल एफएफटिएफको ग्रे–लिस्टमा अहिले दोस्रो पटक पर्नु आफैँमा नेपाल सरकारको हेलचेक्र्याइँ भएको उनको आरोप छ । उनले भने,‘अहिले दोस्रोपटक पनि ग्रे–लिस्टमा परेको हो । यो भनेको हेलचेक्र्याइँ नै हो । उनीहरूले भनेको कुरा पालना गर्नुपर्छ अनि मात्रै उन्मुक्ति पाइन्छ । विगतका कुराहरूबाट गम्भीर शिक्षा लिएर जानुपर्छ । दिएका वचन पूरा गर्नुपर्छ । सरकारले पेस गरेको कार्ययोजना पूरा गर्नुपर्छ ।’ सो क्रममा उनले नेपालमा संघीयता त अहिले नै धान्न नसकिने अवस्था देखिएको बताए । उनले भने,‘आन्तरिक कर्जा लिएर कर्मचारीलाई तलब खुवाउने परिस्थिति छ । संघहरु खलबलिने अवस्था छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने