एमाले नेतृत्व विदेशी अनुदान प्राप्त संस्थाबाट पूर्णतः अलग छ : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीको मूल नेतृत्व विदेशी अनुदान प्राप्त संस्थाबाट पूर्णतः अलग रहँदै आएको जिकिर गरेका छन् ।
नेपालमा सञ्चालित गैर सरकारी संस्था अधिकांश एमालेसँग सम्बन्धित रहेको भनेर प्रचार हुने गरे पनि तथ्य त्यो भन्दा निकै फरक रहेको उनले बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपालमा सञ्चालित गैर सरकारी संस्था अधिकांश नेकपा(एमाले)सँग सम्बन्धित रहेको भनेर प्रचार हुने गरेको छ । त्यसमा अझ नेताहरूको संलग्नता रहेको भनेर प्रचार गर्ने गरिएको छ । जबकि तथ्य त्यो भन्दा निकै फरक छ ।
बालबालिकाको क्षेत्रमा काम गर्नुहुने मानव अधिकार अभियन्ता गौरी प्रधानले एउटा प्रसङ्गमा भन्नु भएको सन्दर्भ मलाई यति वेला सम्झना भइरहेको छ । उहाँले भन्नु भएको थियो, ‘मानव अधिकार एलाइन्ससँग सम्बद्ध संस्थाहरूले विदेशबाट गैर सरकारी संस्थाले प्राप्त गर्ने अनुदानको १५ प्रतिशत हिस्सा पनि प्राप्त गर्दैनन्। तर पनि एलाइन्समा आबद्धहरू आँखाको तारो बन्ने गरेका छन् । किनकि उनीहरू पारदर्शी रूपमा समुदायमा काम गर्दछन्। तर ८५ प्रतिशत भन्दा बढी अनुदान प्राप्त गर्नेहरू खासै चर्चामा छैनन् । किनकि उनीहरू मध्ये अधिकांश बन्द कोठामा काम गर्दछन्। उनीहरू के गर्दछन् आम मानिसलाई थाह पनि हुँदैन ।’
मलाई लाग्दछ सत्य यस्तै होला । जहाँसम्म नेकपा(एमाले)को मूल नेतृत्वको कुरा छः त्यो विदेशी अनुदान प्राप्त संस्थाबाट पूर्णतः अलग रहँदै आएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेतनाको अभाव र भौगोलिक विकटताले घरमै हुन्छन् सुत्केरी
-
देशमा पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
महाशिवरात्रि नजिकिंदा मिथिला महाकुम्भ यात्राको तयारी
-
महाशक्तिशाली पोप फ्रान्सिसको अवस्था क्रिटिकल
-
हमासले मुक्त गरेका ६ बन्धक परिवार भेट्दै
-
सूर्यनारायणको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल