आरतीले ‘अपमान र अन्याय’ भन्दा एकीकृत समाजवादीको बैठकमा होहल्ला

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)मा पार्टीले केही साता अघि जारी गरेको अपानीको विषयलाई लिएर केन्द्रीय सदस्यहरूले नेतृत्वमाथि प्रश्न उठाएका छन् । यसरी प्रश्न उठाउनेमध्येकी एक हुन् आरती लामा । अपानीमार्फत लामाको विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्व खोसिएको थियो ।
शनिबारको बैठकमा लामाले आफूलाई अपमानपूर्वक विद्यार्थी संगठनबाट गलहत्त्याएर हटाएको भन्दै नेतृत्वमाथि आक्रोशसहित प्रश्नको जवाफ माग्दा होहल्ला नै हुन पुगेको छ । बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार उनले २५ वर्षभन्दा बढी आफ्नो जवानीको समय संगठनमा बिताएपनि यतिबेला नेतृत्वले विधिपूर्वक संगठनको जिम्मेवारी हस्तान्तरण गर्न नदिएर गलहत्त्याएर अपमानपूर्वक निकालेको भन्दै आक्रोश पोखेकी थिइन् ।
उनले जवाफ माग्दा असन्तुष्ट पक्षले समर्थन जनाएका थिए भने पोखेपछि नेतृत्वको निर्णयका पक्षधरले विरोध गरेका थिए । उनले अध्यक्ष माधव कुमार नेपाल र महासचिव घनश्याम भुसालको नामै लिएर जवाफ दिनुपर्ने बताएकी थिइन् । ‘कम्युनिस्ट आन्दोलनमा हामी लागेको सबैको सम्मानका लागि होला । तर त्यो कुरा आज कहाँ लागु हुँदैछ ? आज मेरो राजनीति सिध्याउँछु भन्दै हिँड्ने कुरा कहाँसम्मको न्यायसंगत हो ? मैले चिनेका मेरा नेताहरूलाई म अनुरोध गर्न चाहन्छु’, लामाले बैठकमा भनेकी छन् ।
उनले विद्यार्थी संगठनबाट आफूलाई अपमानजनक ढंगले निकालिएको र उक्त निर्णय सच्चाउन नेतृत्वसँग बारम्बार आग्रह पनि गरिन् ।
‘मैले अपानी सुधार्नका निमित्त अपिल गर्दैछु । सचिवालय बैठकमा मेरो असहमति पठाएको थिएँ, त्यो कहाँ गयो ? कहाँ छलफल भयो ? अव त्यो विषय केन्द्रीय कमिटी बैठकमा छलफल हुनुपर्छ’, लामाले अडान छाडिन्न ।
नेतृत्वको कार्यशैलीकै कारण आज निराश हुनुपरेको लामाको भनाइ छ । ‘आज हामी किन निराश भइरहेका छौ ? हिजोका तीन वर्ष हाम्रो नेतृत्वले हामीमा निराशा थोपरेको होइन ? तर कहिल्यै पनि आन्दोलनमाथि विश्वासघात गरेनौँ, लागिरह्यौँ । के निरन्तर लागेबापत आज अपमान भोग्नुपर्ने ?’, उनको प्रश्न छ ।
उनले आफू आफ्नो कमिटीमा असक्षम हुँदै गर्दा आफ्नै कमिटीको महासचिव कसरी सक्षम हुनसक्छ ? भनेर प्रश्न गरिन् ‘अपानीप्रति मेरो आपत्ति छ, तपाईँहरुप्रति आपत्ति छ । पार्टीका हामी सिपाहीको मनोबल कमजोर बनाएर आन्दोलनबाट पार्टी निर्माण हुन्छ कि उच्च बनाएर पार्टी बन्छ ?’ लामाको नेतृत्वमाथि प्रश्न थियो ।
उनले २४/२५ वर्ष आफ्नो जवानी संगठनमा बिताएपनि प्रक्रियासंगत बिदा हुन पाउँ भन्दा गलहत्त्याएर निकालिएकोमा चर्को आपत्ति जनाइन् । यत्रो समय संगठनमा लागेको मूल्याङ्कन यसरी नै हुने हो ? भन्दै लामाले प्रश्न गरिन् ।
‘यो विषय मान्न सकिँदैन । हिजो एमालेमा माधवकुमार नेपालले अपमान भयो भन्दा पछाडि उभिएका हामी हौँ । आज तपाईँले न्याय दिनुहुन्छ भनेर तपाईँको पछि लागिरहेका आरती लामा लगायतमाथिको अन्याय कसरी हेर्न सक्नुहुन्छ अध्यक्षज्यू ? मेरो प्रश्न’, लामाले यति भनेपछि बैठकमा केहीबेर चर्को होहल्ला भएको थियो ।
बैठकमा सदस्यहरूले बोल्ने क्रम जारी छ । बैठक आजै सक्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बसाइँसराइले बरेङमा बस्ती सुनसान
-
चेतनाको अभाव र भौगोलिक विकटताले घरमै हुन्छन् सुत्केरी
-
देशमा पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
-
महाशिवरात्रि नजिकिंदा मिथिला महाकुम्भ यात्राको तयारी
-
महाशक्तिशाली पोप फ्रान्सिसको अवस्था क्रिटिकल
-
हमासले मुक्त गरेका ६ बन्धक परिवार भेट्दै