चीनले वितरण गरेको साइकल जलाइयो

काठमाडौँ । मधेस प्रदेशको पर्सामा चीनको सहयोगमा वितरण गरिएको साइकल त्यहाँकाको एक विद्यार्थी संगठनले जलाएको छ । चिनियाँ सहयोगको नाममा पुराना र कमसल साइकल वितरण गरिएको आरोप लगाउँदै राष्ट्रिय विद्यार्थी परिषद् पर्साले सो साइकल जलाएको हो ।
परिषद्मा रहेका विद्यार्थीहरूले लक्ष्मणवा (प्रतिमा )चौकमा प्रदर्शन गर्दै साइकल जलाएको परिषद्का अध्यक्ष विनोद यादवले बताए । प्रदर्शनकारीहरूले ‘चीनको चलाखी अब चल्दैन – मधेसलाई सम्मान चाहिन्छ !’ र ‘पुरानो साइकल, नयाँ धोका–चीन, अब हामीलाई मूर्ख नबनाऊ !’ जस्ता नारा लगाएका थिए ।
विद्यार्थी परिषद् पर्साका अध्यक्ष विनोद यादवले चीनले मधेसका विद्यार्थीहरूलाई अपमानित गर्न यस्ता कमसल सामग्रीहरू सहयोगको रूपमा पठाएको आरोप लगाएका छन् । मधेसलाई अनुदानको नाममा गुणस्तरहीन सामग्री उपलब्ध गराउने कार्य अस्वीकार्य रहेको बताउँदै उनले यदि यस्ता अपमानजनक गतिविधिहरू दोहोरिए भने कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
यसअघि पनि मधेस प्रदेशका तत्कालीन सरकारले २०७८ मा ‘बेटी पढाऊ, बेटी बचाउ’ अभियान अन्तर्गत वितरण गरिएका साइकलमा व्यापक अनियमितता देखिएको थियो । त्यसमा पनि विद्यार्थी परिषद्ले विरोध गरेको थियो । अहिलेको घटनामा भने चीनले मधेसलाई सहयोगको नाममा कमसल साइकलहरू दिएको गुनासो गरेको छ ।
वीरगन्ज महानगरपालिकाको पिपरास्थित श्रीनरसिंह माध्यमिक विद्यालयका विद्यार्थीलाई दुई सय थान चाइनिज साइकल वितरण गरिएको थियो । अन्तर्राष्ट्रिय लभ साइकल नेपाल अभियानले आयोजना गरेको सो कार्यक्रममा माघको पहिलो हप्ता चाइना फाउन्डेसनले सो साइकल वितरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुटिनसँग रिसाएको ट्रम्पको भनाइमा के भन्छन् जेलेन्स्की ?
-
दुवै सदनबाट पारित भए अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका पाँच विधेयक
-
साउदी अरब जाँदैछन् ट्रम्प, के छ एजेन्डा ?
-
सरकारी लगानी डुबेकाले व्यवस्थापनका लागि विधेयकमा व्यवस्था गरिएको हो : अर्थमन्त्री
-
रवि लामिछाने पार्टी कार्यालय पुग्दा जे देखियो, तस्बिरहरू
-
रास्वपा बैठक सुरु, राजनीतिमा रविको ‘कमब्याक’