नकारात्मकताको जरो नै केपी ओली : उपाध्यक्ष खतिवडा

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले देशमा नकारात्मकताको जरो नै प्रधानमन्त्री केपी ओली भएको आरोप लगाएका छन् । ललितपुरमा शुक्रबारदेखि जारी केन्द्रीय कमिटीको बैठकको बारेमा जानकारी दिँदै खतिवडाले प्रधानमन्त्री ओली र सरकारले एकीकृत समाजवादीमाथि आक्रमण गर्ने प्रवृत्तिबारे बैठकमा छलफल भइरहेको बताएका हुन् ।
उनले पार्टीलाई सुदृढ र सबल बनाएर लैजाने बारेमा केन्द्रीय कमिटीमा एकमत रहेको बताए । उनले भने, ‘नेकपा एमाले अथवा यो सरकार यो ढंगले लागिरहेको छ भनेर केपी ओलीको नकारात्मक प्रवृत्तिप्रति आक्रमण गर्ने त्यो चिज त हाम्रो बैठकमा चलिनै रहेको छ । किनकि यो देशमा सबै नकारात्मकताको मूल जरो नै उहाँ नै हुनुहुन्छ र उहाँले नै यो सब बिगार्नुभएको छ भन्ने कुरामा हामी प्रस्ट नै छौँ । तर सबैको सामूहिक चेतना के छ भने जसले जस्तोसुकै प्रहार गरेपनि पार्टीलाई सबल र सुदृढीकरण गरेर हामी अघि बढ्नुपर्छ भन्ने कुरामा हाम्रो एकमत देखिन्छ ।’
खतिवडाले बैठकमा नेतृत्व र केन्द्रीय सदस्यहरूले खेल्नुपर्ने भूमिकाका बारेमा केन्द्रीकृत भएको बताए । पार्टीलाई जनतासँग जोडेर जनसंघर्षको माध्यमबाट सबल बनाउने प्रस्ताव बैठकमा गरिएको उनको भनाइ छ ।
उनले भने, ‘केन्द्रीय कमिटीको यो दोस्रो बैठकमा केन्द्रीय कमिटीका सदस्यहरू पार्टीलाई कसरी सुदृढ र सबल बनाउनका लागि कस्ता योजना कार्यान्वयन गरेर जानुपर्छ नेतृत्व र केन्द्रीय सदस्यहरूले खेल्ने भूमिका भन्ने विषयमै सबैभन्दा बढी केन्द्रीकृत हुनुहुन्छ । हामीले विभिन्न प्रकारका एजेन्डाहरू दिएका छौँ । पार्टीलाई जनसङ्घर्षका माध्यमबाट, आन्दोलनका माध्यमबाट जनताका जनजीविका, देशभक्तिका विषयहरू उठाएर जनतासँग जोडेर पार्टी निर्माण गर्ने प्रस्ताव अघि सारेका छौँ । जसलाई हामीले संघर्षबाट पार्टी निर्माण गरिन्छ भन्न प्रस्तावका साथ अगाडि बढाएका छौँ । यसै गरी पार्टीका विभिन्न नियम, नियमावलीहरू, निर्देशिकाहरू, आचार संहिता प्रस्ताव गरेका छौँ । यी सबै विषयमा छलफल गरिसकेपछि आगामी कार्ययोजनाको रूपमा केही प्रस्तावहरू गर्नेछौँ, कार्ययोजना पारित गर्नेछौँ र बैठक समाप्त हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभु साहले मागे प्रधानमन्त्री ओलीको राजीनामा
-
गणतन्त्रवादीको संयमता : समाजवादी मोर्चाको विरोधसभा शन्तिपूर्ण
-
दुर्गा प्रसाईं फरार
-
पूर्वराजा समर्थक स्वागत नेपालसहित थप ३ जना पक्राउ
-
मन्त्रिपरिषद् बैठक : शुक्रवारको घटनाको सत्यतथ्य छानविन गर्न गृह मन्त्रालयलाई निर्देशन
-
Breaking News : नवराज सुवेदी घरमै नजरबन्द