अशोक राई नेतृत्वको जसपाले स्थापना गर्यो पार्टी कार्यालय

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले आफ्नो केन्द्रीय कार्यालय स्थापना गरेको छ ।
गत वैशाखमा उपेन्द्र यादव नेतृत्वबाट अलग भएर अशोक राईले जनता समाजवादी पार्टी गठन गरेका थिए । १२ जना सांसदमध्ये सात जना सांसद लिएर जसपा गठन गरेका राईले ललितपुरको ग्वार्कोमा पार्टी कार्यालय स्थापना गरेका हुन् ।
सो पार्टी कार्यालयको भोलि उद्घाटन गर्ने कार्यक्रम रहेको सो पार्टीका महासचिव इस्तियाक राईले बताए । उनले भने, ‘पार्टी गठन गरेपछि पार्टी कार्यालयका लागि विभिन्न ठाउँमा घर हेर्ने काम भयो तर विभिन्न कारणले कुरा मिलिरहेको थिएन । अहिले ग्वार्कोमा पार्टी कार्यालय स्थापना गर्ने भएका छौँ, भोलि त्यसको उद्घाटन छ ।’
पार्टी कार्यालय उद्घाटन भएपछि त्यही कार्यकारिणी समितिको बैठक पनि बस्ने भएको छ । कार्यकारिणी समितिको बैठकमा देशको समसामयिक राजनीतिक अवस्था संगठन निर्माण लगायतको विषयमा छलफल हुने उनले बताए ।
सरकारले ल्याएको अध्यादेशको बारेमा केही छलफल हुन्छ कि हुँदैन भन्ने जिज्ञासामा उनले अध्यादेश पास गराउने वा फेल गराउनेमा आफूहरूको कुनै भूमिका नरहने भएकाले त्यसमा खासै छलफल नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियमका लागि नेपाली राजदूत लम्सालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
रास्वपा नेतृ ज्वाला सङ्ग्रौलाविरुद्ध अवहेलना मुद्दा
-
एसियन हाइवे विस्तारले जग्गाधनीको बिल्लीबाठ
-
हावाहुरीका कारण कर्णालीमा विद्युत् सेवा अवरुद्ध
-
महावीरको मार्गदर्शन परिपालन गर्न सकेमा राष्ट्रिय एकता सुदृढ बनाउन सकिन्छ : राष्ट्रपति
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची