आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय

अशोक राई नेतृत्वको जसपाले स्थापना गर्‍यो पार्टी कार्यालय

शनिबार, १० फागुन २०८१, १६ : ३१
शनिबार, १० फागुन २०८१

काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले आफ्नो केन्द्रीय कार्यालय स्थापना गरेको छ । 

गत वैशाखमा उपेन्द्र यादव नेतृत्वबाट अलग भएर अशोक राईले जनता समाजवादी पार्टी गठन गरेका थिए । १२ जना सांसदमध्ये सात जना सांसद लिएर जसपा गठन गरेका राईले ललितपुरको ग्वार्कोमा पार्टी कार्यालय स्थापना गरेका हुन् । 

सो पार्टी कार्यालयको भोलि उद्घाटन गर्ने कार्यक्रम रहेको सो पार्टीका महासचिव इस्तियाक राईले बताए । उनले भने, ‘पार्टी गठन गरेपछि पार्टी कार्यालयका लागि विभिन्न ठाउँमा घर हेर्ने काम भयो तर विभिन्न कारणले कुरा मिलिरहेको थिएन । अहिले ग्वार्कोमा पार्टी कार्यालय स्थापना गर्ने भएका छौँ, भोलि त्यसको उद्घाटन छ ।’

पार्टी कार्यालय उद्घाटन भएपछि त्यही कार्यकारिणी समितिको बैठक पनि बस्ने भएको छ । कार्यकारिणी समितिको बैठकमा देशको समसामयिक राजनीतिक अवस्था संगठन निर्माण लगायतको विषयमा छलफल हुने उनले बताए । 

सरकारले ल्याएको अध्यादेशको बारेमा केही छलफल हुन्छ कि हुँदैन भन्ने जिज्ञासामा उनले अध्यादेश पास गराउने वा फेल गराउनेमा आफूहरूको कुनै भूमिका नरहने भएकाले त्यसमा खासै छलफल नहुने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप