छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
शनिबार, १० फागुन २०८१, १६ : ०१

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
- अछाम, साँफेबगर नगरपालिका-७ रिडिकोटस्थित सडकमा सु.प.प्र.०१००१ ह ६४२३ नम्बरको अटोको ठक्करबाट सोही ठाउँ बस्ने ५५ वर्षीया जनक शाहको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- इलाम, रोङ गाउँपालिका-३ हाँसपोखरीस्थित सडकमा इलामबाट झापातर्फ जाँदै गरेको को.१ ख ६४६२ नम्बरको टिपरले प्रदेश १-०३-००१ प १५८५ नम्बरको मोटरसाइकललाई शुक्रबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक सूर्योदय नगरपालिका-६ खादी गाउँ बस्ने ४० वर्षीय दीर्घ राई र मोटरसाइकलमा सवार उनकै बुवा ७० वर्षीय पन राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डसी अस्पताल झापामा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
- रूपन्देही, सैनामैना नगरपालिका-१० कोटियाथानस्थित सडकमा लु.३ त ९८६४ नम्बरको ट्याक्टर र लु.६२ प ३०७९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार पाल्पा रैनादेवी छहरा गाउँपालिका-७ बस्ने २५ वर्षीय थमन गाहा र २५ वर्षीय निराज रास्कोटीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
- मोरङ, उर्लाबारी नगरपालिका-७ स्थित सडकमा दमकबाट उर्लाबारीतर्फ आउँदै गरेको को.१ त ६७८८ नम्बरको ट्याक्टरले मे.६ प ६०७९ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार झापा कमल गाउँपालिका-३ बस्ने ६५ वर्षीय तारानरायण श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन
-
१२ बजे, १२ समाचार : ईयूको लिष्टमा सात देश ‘सुरक्षित’ घोषितदेखि प्रहरीका ७५ जना सई वरिष्ठ सईमा बढुवाका लागि सिफारिससम्म
-
ईयूको नयाँ नीति : सात देश ‘सुरक्षित’ घोषित, शरण प्रक्रियामा कडाइ
-
७५ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
कोरला नाकाबाट धार्मिक तथा पर्यटकीय गन्तव्यको बृहत्त सरसफाइ अभियान शुभारम्भ