आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

शनिबार, १० फागुन २०८१, १६ : ०१
शनिबार, १० फागुन २०८१

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । 

  • अछाम, साँफेबगर नगरपालिका-७ रिडिकोटस्थित सडकमा सु.प.प्र.०१००१ ह ६४२३ नम्बरको अटोको ठक्करबाट सोही ठाउँ बस्ने ५५ वर्षीया जनक शाहको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचारको क्रममा मृत्यु भएको हो । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
  • इलाम, रोङ गाउँपालिका-३ हाँसपोखरीस्थित सडकमा इलामबाट झापातर्फ जाँदै गरेको को.१ ख ६४६२ नम्बरको टिपरले प्रदेश १-०३-००१ प १५८५ नम्बरको मोटरसाइकललाई शुक्रबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक सूर्योदय नगरपालिका-६ खादी गाउँ बस्ने ४० वर्षीय दीर्घ राई र मोटरसाइकलमा सवार उनकै बुवा ७० वर्षीय पन राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डसी अस्पताल झापामा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
  • रूपन्देही, सैनामैना नगरपालिका-१० कोटियाथानस्थित सडकमा लु.३ त ९८६४ नम्बरको ट्याक्टर र लु.६२ प ३०७९ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार पाल्पा रैनादेवी छहरा गाउँपालिका-७ बस्ने २५ वर्षीय थमन गाहा र २५ वर्षीय निराज रास्कोटीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । 
  • मोरङ, उर्लाबारी नगरपालिका-७ स्थित सडकमा दमकबाट उर्लाबारीतर्फ आउँदै गरेको को.१ त ६७८८ नम्बरको ट्याक्टरले मे.६ प ६०७९ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार झापा कमल गाउँपालिका-३ बस्ने ६५ वर्षीय तारानरायण श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको अरनिको अस्पताल उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप