जुवातास खेलिरहेका ११ जना पक्राउ

काठमाडौँ । काठमाडौँ र उदयपुरबाट जुवतास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।
काठमाडौँ महानगरपालिका-४ चन्डोल बस्ने सरिता धितालको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-९ रातोपुल बस्ने ६२ वर्षीया बिजया श्रेष्ठ समेत ५ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ३७ हजार रुपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो ।
उदयपुरको त्रियुगा नगरपालिका-१२ बस्ने ४५ वर्षीया बबिता चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१२ बुद्धचोक बस्ने ३४ वर्षीय ठमान राई समेत ६ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४१ हजार ८ सय २५ रुपैयाँ र १८ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिच दोस्रो चरणको वार्ता रोममा हुने
-
झरिमा जनजीवन (तस्बिरहरु)
-
वैशाखमा ५ फिल्म : ऐतिहासिक ‘जार’देखि सामाजिक कथाको ‘झिल्को’सम्म
-
बागमतीका निलम्बित मेयर थापाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को पेसी आइतबार
-
विश्वप्रकाशको प्रश्न : सरकार सफल हुने भनेको मौन धारण गरेर हो ?
-
पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार : निलम्बनको सिफारिसमा को- को परे ? (सूचीसहित)