शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

हमासद्वारा ६ मध्ये दुई बन्धक रिहा, इजरायलले ६ सयभन्दा बढी प्यालेस्टिनीलाई छाड्ने

शनिबार, १० फागुन २०८१, १५ : १६
शनिबार, १० फागुन २०८१

गाजा । हमासले शनिबार रिहा गर्न लागेका ६ जनामध्ये पहिलो दुई बन्धकलाई छाडेको गरेको छ । यसरी रिहा हुनेमा ताल शोहम र अभेरा मेनगिस्टु रहेका छन् ।

राफाहबाट रिहा गरिएका उनीहरूलाई रेडक्रसले इजरायली सेनालाई हस्तान्तरण गरेको थियो । मेनगिस्टु सन् २०१४ देखि हमासको कब्जामा रहेका थिए भने ४० वर्षीय शोहमालाई भने सन् २०२३ को अक्टोबरमा बन्धक बनाइएको थियो ।

बाँकी ४ बन्धकलाई मध्य गाजाको नुसेइरतबाट रिहा गरिने बताइएको छ । यसको बदलामा इजरायलले ६०२ जना प्यालेस्टिनी नागरिकलाई रिहा गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप