शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय
इन्टरनेशनल डेमा ५० वटा देश झल्काउने स्टलहरू, तस्बिरहरू
फोटोफिचर

इन्टरनेशनल डेमा ५० वटा देश झल्काउने स्टलहरू, तस्बिरहरू

शनिबार, १० फागुन २०८१

काठमाडौँ । पाठ्यक्रममा मात्रै आधारित भएर पढाइ सिकाइको माध्यम प्रभावकारी हुन नसक्ने मान्यतालाई आत्मसात् गर्दै विद्यालयहरूले अहिले विभिन्न अतिरिक्त क्रियाकलाप आयोजना गर्ने गरेका छन् । काठमाडौँ महानगरपालिकाले बुक फ्री फ्राइडे र स्टिमका विभिन्न कोर्सहरू सञ्चालन गरिरहेको छ । 

int day (1)

त्यस्तै गोकर्णेश्वर नगरपालिकामा रहेको बौद्ध इन्टरनेशनल स्कुलले पनि विद्यार्थीलाई विभिन्न देशका सांस्कृतिक, राजनैतिक र रहनसहनका पद्धतिबारे ज्ञान दिनको लागि ‘इन्टरनेशनल डे’ को आयोजना गरेको छ ।

int day (2)

‘युनिसेफको यो स्टल राख्नको लागि मैले धेरै रिसर्चहरू गरेँ । यसले गर्ने कामहरूका साथै कसरी र कुन कुन क्षेत्रमा के कस्ता कामहरू हुन्छन् भन्ने मैले थाहा पाउन सकेँ । यस किसिमको कार्यक्रमले हामी विद्यार्थीहरूलाई कोर्स बुक बाहेकका अन्य कुराको जानकारी दिन र सिक्नको लागि निकै मद्दत गर्ने गर्छ,’ युनिसेफको स्टलमा बसेकी ९ कक्षामा अध्ययनरत रिन्जिन पाल्दोन लामाले रातोपाटीलाई भनिन् ।

int day (3)

विद्यार्थीहरूलाई समूहमा विभाजन गरेर संयुक्त राष्ट्रसंघमा दर्ता भएका देशहरूमध्ये ५० वटा देश झल्काउने स्टलहरू राखिएका छन् । यसका साथै संयुक्त राष्ट्रसंघका विभिन्न मानवीय सहायतासम्बन्धी संस्थाका स्टल पनि राखिएका छन् ।

int day (4)int day (5)int day (6)int day (7)int day (8)int day (9)int day (10)int day (11)int day (12)int day (13)int day (14)int day (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया