देश विकास गर्न छिमेकी राष्ट्रको प्रविधि उपयोग गर्न विज्ञहरूको सुझाव

काठमाडौँ । नेपालले छिमेकी राष्ट्रको ज्ञान, सीप तथा प्रविधिको उपयोग गरेर आर्थिक विकास गर्नमा ध्यान दिनुपर्ने विज्ञहरूले बताएका छन् । फ्रेण्डस् अन द क्लाउड प्लेटफर्म अफ इन्फुलेन्स नेपालले आज काठमाडौँमा गरेको नेपाल–चीन सम्बन्ध र नेपालको आधुनिक विकास विषयक छलफलमा उनीहरुले विश्व राजनीति नै फरक ढाँचाले अघि बढिरहेको बेला छिमेकी राष्ट्रसँग आर्थिक सम्बन्ध बलियो राख्नुपर्ने बताए ।
संस्थाका अध्यक्ष शोभित उप्रेती, सूचना प्रविधि विज्ञ वसन्त वन, अर्थविद् डा केशव बस्याल, लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा सुदन कुमार ओली लगायतले छिमेकीको विकासको मोडल हेरेर नेपालले पनि सोहीअनुसार विकासको मोडल तयार पार्नुपर्ने धारणा राखे ।
नेपालले सूचना र प्रविधि, सडक लगायतका भौतिक पूर्वाधार, विद्युत्, ट्रान्समिसन, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा छिमेकीको पर्याप्त सहयोग लिनसक्नुपर्ने उनीहरूको भनाइ छ । छिमेकी मुलुकसँग सम्बन्ध बलियो पार्न आपसी भेटवार्ता, द्विपक्षीय भ्रमण, एक अर्काको सुरक्षा तथा आर्थिक चासोका विषयमा भने चनाखो रहनुपर्ने उनीहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ला लिगामा बार्सिलोना र एटलेटिको मड्रिड अगाडि, रियाल तेस्रो स्थानमा झर्यो
-
प्रिमियर लिगमा चेल्सी फेरि हार्यो
-
दोस्रो स्थानको आर्सनललाई घरेलु मैदानमै झट्का
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल