राजनीति
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक : नेताहरूले धारणा राख्ने क्रम जारी (तस्बिरहरू)
शनिबार, १० फागुन २०८१, १० : ३५
_q1k0msEDcp.jpg)
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठक काठमाडौँमा जारी छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, ललितपुरमा जारी बैठकमा नेताहरूले आ आफ्नो धारणा राखिरहेका छन् ।
हिजोको बैठकमा ११ जना केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राखेका थिए । अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजना, संसदमा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू नेताहरूले धारणा राखिरहेका हुन् ।
नेताहरूको धारणा सकिएपछि नेतृत्वले जवाफ दिने र बैठक आजै समापन गर्ने पार्टीको तयारी छ ।