शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

हमासले रेडक्रसलाई हस्तान्तरण गरेको नयाँ शव कसको ? इजरायलले थाल्यो अनुसन्धान

शनिबार, १० फागुन २०८१, ०९ : ४५
शनिबार, १० फागुन २०८१

काठमाडौँ । शुक्रबार साँझ रेडक्रसलाई हस्तान्तरण गरिएको नयाँ शव इजरायली बन्धक शिरी बिबासको भएको हमासले दाबी गरेको छ। इजरायली चिकित्सा अधिकारीहरूले शवको अनुसन्धान गरिरहेको समाचारमा उल्लेख छ । 

यसअघि बिहीबार हमासले इजरायललाई चार शव हस्तान्तरण गरेको थियो। त्यतिबेलै हमासले दाबी ती मध्ये एक शव शिरी बिबासको भएको दाबी गरेको थियो । 

तर, शवको फोरेन्सिक जाँच गरेपछि इजरायलले उक्त शव शिरी बिबासको नभई एक अपरिचित महिलाको भएको बताएको थियो ।

लगत्तै हमासले इजरायललाई नयाँ शव हस्तान्तरण गरेको हो। हमासका एक वरिष्ठ अधिकारीले बीबीसीलाई यो कुरा पुष्टि गरेका छन्।

७ अक्टोबर २०२३ मा, हमासले ३३ वर्षीया शिरी बिबासलाई उनका दुई छोराछोरी, ५ वर्षीया एरियल र २ वर्षीय काफिरसँगै बन्धक बनाएको थियो। हमासले इजरायली बम विस्फोटमा बालबालिका र उनीहरूकी आमा दुवैको मृत्यु भएको बताएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप