नेकपा एमालेका वडा सदस्यद्वारा विद्युत् कर्मचारीमाथि दुर्व्यवहार
_5iMflNB1DL.jpg)
सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–३ का नेकपा एमालेबाट निर्वाचित वडा सदस्य परीक्षण महतोले नेपाल विद्युत् प्राधिकरणका एक कर्मचारीमाथि गालीगलौज गर्दै दुर्व्यवहार गरेका छन् । विद्युत् महसुल नतिरेको कारण लाइन काटेपछि उनले सम्बन्धित कर्मचारीलाई “मेरो लाइन किन काटिस् ? तिमीलाई काटेर फालिदिन्छु!” भन्ने धम्कीपूर्ण शब्द प्रयोग गरेका छन्, जसको भिडियोसमेत सार्वजनिक भएको छ ।
घटना फागुन ६ गते, मंगलवार राति करिब ९ बजे, हरिवन–३ स्थित धारटोलमा भएको हो । प्राप्त जानकारीअनुसार, वडा सदस्य महतोले लामो समयदेखि विद्युत् महसुल तिरेका थिएनन् । नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण शाखाका कर्मचारीहरूले प्रक्रिया अनुसार महतोको घरको विद्युत् लाइन काटेका थिए । सोही घटनाको रिसमा उनले हरिवन – २ निवासी तथा विद्युत् प्राधिकरणका कर्मचारी अशोक कुमार कुशवाहामाथि दुर्व्यवहार गरेका हुन् ।
घटनाका बेला कुशवाहा हरिवन – ३ धारटोल निवासी रामबृक्ष महतोको घरमा भोज खाइरहेका थिए । त्यही क्रममा वडा सदस्य महतो पुगेका थिए र आक्रोशित हुँदै अपशब्द प्रयोग गर्दै उनीमाथि धम्की दिएका थिए ।
एक निर्वाचित जनप्रतिनिधिद्वारा सरकारी कर्मचारीमाथि यस प्रकारको अभद्र व्यवहार हुनु गम्भीर विषय हो । स्थानीय प्रशासन तथा सरोकारवाला निकायहरूले घटनाबारे आवश्यक छानबिन गरी कानुनी कारबाही अघि बढाउने स्थानीयले अपेक्षा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङमा ‘लाइदिऊँ कि माया टुनामुना पो’ र ‘माया बस्यो है’को छायाङ्कन
-
स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्न जरुरी छ : मेयर शाह
-
नेपालीमा नकारात्मक सोच बढ्यो, स्वजागरणले सकारात्मक बनाउँछ : सभामुख
-
आरतीलाई बैठकस्थलबाट निकालेको छैन : नेकपा एकीकृत समाजवादी
-
द्वारिकादेवी ठकुरानी : प्रथम महिला उपमन्त्री जसलाई बीपीले घरमै पठाइदिएका थिए टिकट
-
कांग्रेसको स्पष्टीकरण पत्रपछि मन्त्री रायको असन्तुष्टि – राजनीतिक पूर्वाग्रह राखियो