टेक्नोलोजीका कारण तपाईंको मस्तिष्क र मानसिक स्वास्थ्य दुबै खतरामा छ !

प्रिय पाठकहरु !
अहिले कृत्रिम बौद्धिकता अर्थात एआईको शक्तिको चर्चा छ । तर, आजको दिनमा पनि धर्तिको सबैभन्दा शक्तिशाली कम्प्युटर भनेको मानव मस्तिष्क नै हो । यसले संसारका ठूला–ठूला सुपरकम्प्युटर बराबर नै काम गर्न सक्छ । अझ यसलाई त केवल हामीले घरभित्र सामान चिस्यान गर्न प्रयोग गर्ने ‘फ्रिज’ भित्र बल्ने गरेको बत्ति बराबर उर्जा भए पुग्छ ।
आज म मान्छेको यही दिमागको अर्थशास्त्रको बारेमा कुरा गर्नेछु । आजभोलि मान्छेको ‘मस्तिष्क पुँजी’ को महत्वलाई जोड दिएर विभिन्न अनुसन्धान भईरहेका छन् । ‘मस्तिष्क पुँजी’ भनेको मस्तिष्कको स्वास्थ्य, क्षमता र सीपको गठजोड हो । प्रचलित अर्थशास्त्रको भाषामा भन्दा तीनिहरुको ‘फलन’ हो ।
दिमागका बारेमा झट्ट यस्तो कुरा सुन्दा अनौठो लाग्न सक्छ । दुईवटा कारणले यसको धेरै ठुलो महत्त्व छ । पहिलो, औद्योगिक क्रान्तिदेखि आजसम्म आइपुग्दा मेसिनले मान्छेले गर्ने धेरै काम गर्न थालेको छ । यसमा संज्ञानात्मक रूपमा दोहोर्याएर गरिने खालका तथा भौतिक शक्ति प्रयोग गरेर गरिने कामहरु धेरै पर्छन ।
विश्व आर्थिक मञ्च (वल्र्ड इकोनोमिक फोरम) ले पछिल्लो समय प्रकाशन गरेको ‘जब्स रिपोर्ट’ अनुसार सन् २०३० सम्म पुग्दा अहिले कुल कामको ५० प्रतिशत गरिरहेको मानव मस्तिष्कको हिस्सा थप घटेर ३३ प्रतिशत पुग्नेछ । विश्वको समग्र काममा मानव मस्तिष्कको भूमिका एक तिहाईमा खुम्चिदै छ । यसले मान्छेको तुलनात्मक लाभलाई चिन्तनको साँघुरो क्षेत्रमा सीमित गराइदिनेछ ।
दोस्रो, अहिले हाम्रो आयु बढेको छ । अबको दिनमा ज्ञानमा आधारित अर्थतन्त्रमा राज्यले परिभाषित गर्ने अवकाशको उमेरहद धेरै सान्दर्भिक हुँदैन । मान्छेको संज्ञानात्मक क्षमता भौतिक क्षमता जस्तो अल्पकालीन मात्रै होइन । यो दीर्घकालीन सम्पत्ति हो । तथापि ‘मस्तिष्क पुँजी’ दबाबमा छ ।
मस्तिष्कलाई असर पार्ने रोग बढिरहेका छन् । मानसिक स्वास्थ्य समस्या, दुर्व्यसन तथा स्नायुजन्य असामान्यताका कारण अहिले विश्व अर्थतन्त्रमा करिब पाँच ट्रिलियन अमेरिकी डलर बराबरको खर्च गराइरहेको छ । सन् २०३० सम्म पुग्दा यस्तो खर्च बढेर १६ ट्रिलियन पुग्ने अनुमान गरिएको छ ।
मान्छेको एकाग्रतालाई दुर्लभ संसाधन मानेर आर्थिक आयामबाट अध्ययन गरिने ‘एटेन्सन इकोनोमी’ का विज्ञ डन निक्सनका अनुसार हाम्रो मानसिक जीवन पहिले भन्दा धेरै खण्डित र छरपष्ट हुँदै गएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार अवसाद अपांगताको एउटा प्रमुख कारण बन्न पुगेको छ । सन् १९९० देखि आजसम्म यसमा ८९ प्रतिशतको बढोत्तरी भएको छ । अल्जाइमरको रोग तथा स्मृति ह्रास (डिमेन्सिया) जस्ता समस्या एक सय ६१ प्रतिशतले बढेको छ । यसमा ठुलो कारकका रूपमा बुढ्यौलीमा थपिँदै गएको जनसंख्या रहेको छ ।
समस्याहरु एउटै समूहमा सीमित भने छैनन् । विभिन्न उमेर समूहमा फैलिएका छन् । परम्परागत रूपमा ‘काम गर्ने उमेर’ मानिने वर्गका मानिसमा निम्छरो मानसिक स्वास्थ्यका कारण स्वस्थ अवधि गुमाउने क्रम बढ्दो छ । अवकास भएर जानेको हकमा पनि अन्य स्नायु विकारहरू बढ्दै छन् ।
मस्तिष्क क्षमतामा पनि ह्रास हुँदै गएको छ । मान्छेको एकाग्रतालाई दुर्लभ संसाधन मानेर आर्थिक आयामबाट अध्ययन गरिने ‘एटेन्सन इकोनोमी’ का विज्ञ डन निक्सनका अनुसार ‘हाम्रो मानसिक जीवन पहिले भन्दा धेरै खण्डित र छरपष्ट हुँदै गएको छ ।’ उनका अनुसार ‘विभिन्न प्रकारका एप्स, एलर्ट र नोटिफिकेसनहरु हाम्रो ध्यान आफूतिर तान्न तथा त्यसलाई मौद्रिकरण गर्न निरन्तर ताना–तान गरिरहेका छन् ।’
डिजिटल दुनियाँको आयतन प्रत्येक दुई वर्षमा दोब्बर हुँदै जाने अनुमान गरिएको छ । प्रत्येक दिन २.५ क्विन्टिलियन बाइट डेटा सिर्जना हुन्छ । यी सबै जसो डाटा अहिले हाम्रा औलाको छेउमा छन् ।
स्क्रिन समय सन् २०१२ मा औसत ९ घण्टा रहेको कम्प्युटर, ल्यापटप, ट्याब्लेट, मोबाइल फोन, टेलिभिजन र गेम कन्सोल जस्ता उपकरणहरूमा दैनिक खर्च हुने समय सन् २०१९ सम्म आई पुग्दा बढेर ११ घण्टा पुगेको छ ।
स्क्रिन समय सन् २०१२ मा औसत ९ घण्टा रहेको कम्प्युटर, ल्यापटप, ट्याब्लेट, मोबाइल फोन, टेलिभिजन र गेम कन्सोल जस्ता उपकरणहरूमा दैनिक खर्च हुने समय सन् २०१९ सम्म आई पुग्दा बढेर ११ घण्टा पुगेको छ । विश्वव्यापी रूपमा गरिएको एक अध्ययन अनुसार मोबाइल फोनमा बिताउने समय पनि लगभग दुई घण्टाले बढेको छ । कोरोना महामारीले यसको मात्रा अझै थपिदिएको छ ।
हाम्रो एकाग्रताको बढ्दो माग धान्न हामीसँग सीमित मात्रै पूर्ति क्षमता छ । यो विषयमा अनुसन्धान गरेका हार्वर्ड विश्वविद्यालयका पूर्व प्राध्यापक थेल्स टेक्सेरियाले यसबारे खास कुरा भनेका छन् । उनले अमेरिकी टेलोभिजन बिज्ञापन तथा अन्य सन्दर्भमा गरेको अध्ययनले एकाग्रताको मूल्य झनै बढेको बताउने गरेका छन् । इन्टरनेटको प्रयोगको विस्तारसँगै उपभोक्ताको ध्यान अन्य माध्यममा पनि विस्तार हुँदै गएको छ ।
पक्कै पनि धेरै समय स्क्रिन हेरेर बिताउँदा समाचार, मनोरञ्जन र अनुसन्धानका विषयमा ध्यान जान्छ । यस्ता सूचना ठुलो मात्रामा दिमागमा पठाउँदा यसका नकरात्मक प्रभावहरु देखिन थाल्छन् । मिठु स्टोरोनी नामक लेखिकाले हाम्रो मस्तिष्कको कुशल प्रयोगबारे ‘हाइपरइफिसिएन्ट’ नामको पुस्तक नै लेखेकी छन् ।
उनका अनुसार, ‘विभिन्न प्रकारका सूचना र नोटिफिकेसनको अनवरत खपतले हाम्रो मस्तिष्कको संज्ञानात्मक क्षमतामा कमजोर बनाइदिन्छ । यसरी दिमागमा सिर्जना हुने विविध प्रकारका उत्तेजना वरपर घुमिरहँदा हाम्रो एकैठाउँमा ध्यान दिने बानि र एकाग्रताको अवधि घट्छ । र, त्यसले मानसिक थकान, स्मरणशक्ति ह्रास र तनाव वृद्धि पनि गराउँछ ।’
वास्तवमा मस्तिष्कको अधिक सक्रियताका कारण हुने ‘ओभरलोड’ र मस्तिष्क स्वास्थ्य एक–अर्कामा सम्बन्धित छन् । समाजिक सञ्जालको अत्यधिक प्रयोगको सम्बन्ध डिप्रेसनको वृद्धिसँग छ । यस्तो सम्बन्ध युवा उमेर समूहमा अझ बलियो छ । ‘स्क्रिन’ मा बित्ने अधिक समयले ध्यान विकेन्द्रीकरण गराउने खालको समस्या ‘एटेन्सन डेफिसिट हाइपरेक्टिभिटी डिसअर्डर (एडिएचडी) लाई अझ खराब बनाइदिन्छ । त्यसको सम्बन्ध डिमेन्सिया जस्तो स्मरण शक्ति गुम्ने रोगसँग पनि बलियो भेटिन्छ ।
डिजिटल प्रबिधिको प्रभाव यतिमा मात्रै सीमित छैन । यसले ‘मस्तिष्क पुँजी’ को तेस्रो तत्वमा पनि त्यत्तिकै प्रभाव पार्छ । त्यो हो– सीप ।
वल्र्ड इकोनोमिक फोरमको सर्वेक्षण अनुसार प्राविधिक तथा एआई सम्बन्धित सीपका अलावा सृजनशीलता, दृढता तथा विश्लेषणात्मक क्षमता जस्ता कुराको महत्त्व आउँदा पाँच वर्षमा अझै बढ्दै जाने अनुमान गरिएको छ ।
विभिन्न प्रकारका सूचना र नोटिफिकेसनको अनवरत खपतले हाम्रो मस्तिष्कको संज्ञानात्मक क्षमतामा कमजोर बनाइदिन्छ । यसरी दिमागमा सिर्जना हुने विविध प्रकारका उत्तेजना वरपर घुमिरहँदा हाम्रो एकैठाउँमा ध्यान दिने बानि र एकाग्रताको अवधि घट्छ ।
मस्तिष्क क्षमतामा परेको दबाबले त्यस्ता सीप पनि अप्ठेरोमा पर्दैछन् । डिजिटल प्रविधिको प्रयोगका कारण हुने ध्यान भंग (डिस्ट्र्याकसन) ले रचनात्मक चिन्तनलाई रोक्छ । त्यसबाट सिर्जित तनाव र चिन्ताले सहनशीलतालाई कमजोर बनाउँछ । दिमागमा चल्मलाउने डोपामाइनको दुव्र्यसनका कारण डिजिटल सामाग्री हेर्न हतारिएर कुनै खास काम बेगरै मोबाइल चलाउन मन लाग्ने अवस्थालाई लेखक निक्सनले ‘विवेकहीन तृष्णा’ भनेका छन् ।
विश्लेषणात्मक क्षमताको हकमा पनि त्यस्तै हुन्छ । ‘बिग डेटा’, ‘मेसिल लर्निङ’ तथा विभिन्न सन्दर्भ सामाग्रीहरुमा बढेको पहुँचले हाम्रो अनुसन्धानात्मक क्षमता बढाएको त छ । तर, पनि पछिल्लो दशकमा अनुसन्धानका आधारभूत सीप भने कमजोर हुँदै गएका छन् ।
ओइसिडिले वयस्कहरूको सीपबारे गरेको सर्वेक्षणले अति विकसित भनिएका अर्थतन्त्रमा गएको दशकमा साक्षरताको प्रभावकारिता घटेको देखाएको छ । आँकडाहरुमा अस्वाभाविक नदेखिए पनि अवस्था पक्कै चिन्ताजनक छ । डेभिड रब्सन विज्ञान लेखक हुन् । उनले लेखेको ‘द इन्टेलिजेन्स ट्रर्याप’ नामको पुस्तक चर्चित छ । रब्सनका केही सिद्धान्त छन् ।
उनी लेख्छन, ‘विभिन्न अध्ययनका अनुसार २०औँ शताब्दीको अधिकांश समयसम्म निरन्तर बढेको बौद्धिक परिक्षण अहिले धेरै देशहरूमा औसत स्तरमा स्थिर भएको वा धेरै ठाउँमा घट्न थालेको छ । यसले हामीले आफ्नो दिमाग प्रयोग गर्ने तरिकाहरूमा हेरफेर भएको देखाउँछ । उदाहरणका लागि हामी हिसाब गर्ने कामलाई हेरौँ । हामी अचेल धेरैजसो गणनाको लागि स्मार्टफोनको प्रयोग गर्छौँ । हामी आजभोलि गणना र संख्या सम्बन्धि सीप नियमित रूपमा प्रयोग गर्दैनौँ । सम्भवतः मानिसको पढ्ने बानीमा परिवर्तनको कारणले हाम्रो शब्द भण्डार पनि कमजोर हुँदै गएको छ ।’
रब्सनका अनुसार आइक्यु परीक्षणमा नदेखिने विवेक, आलोचनात्मक चिन्तन जस्ता सीपको समग्र स्वस्थ जीवनसँग सिधा र प्रभावकारी सम्बन्ध हुन्छ । यस्ता क्षमताहरु पनि निरन्तर दबाबमा छन् ।
धेरै अध्ययनले ‘न्युज फिड’ का एल्गोरिदम र क्लिकबेटले कसरी गलत जानकारी सिर्जना गर्दै एकप्रकारको ‘अनलाइन इको चेम्बर’ खडा गरेर मानिसका धारणा निर्माणमा प्रभाव पार्ने तथा पूर्वाग्रह भर्ने काम गर्छन् भनेर देखाएका छन् । यी दुबै समस्या बढ्दै गरेको राजनीतिक ध्रुवीकरणसँग पनि जोडिएका छन् । अमेरिकामा हामीले अर्थतन्त्रबारे मतदाताको धारणा बुझ्न खोज्यौँ भने उनीहरुले राष्ट्रपतिबारे कस्तो सोच्छन् भन्ने कुराले धेरै प्रभाव पारेको भेट्छौँ ।
अर्थतन्त्रबारेको सूचक ‘द ग्यालप इकोनोमिक कन्फिडेन्स इन्डेक्स’ ले यो कुरा देखाउँछ । साथै समयसँगै बढिरहेको ध्रुविकरण पनि देखाउँछ । आफ्नो विचारसँग मिल्ने खालका समाचारहरू धेरै हेर्नुलाई पनि यस्तो ध्रुविकरण र पूर्वाग्रहको कारकका रूपमा जोडेर हेर्न सकिन्छ ।
‘गुगल इफेक्ट’ भनिने अर्को प्रभाव पनि छ । जसकारण हामी गुगल वा त्यस्तै अन्य सर्च इन्जिन्लाई केवल क्षणिक स्मृतिका लागि एक प्रकारको ‘रेन्डम एक्सेस मेमोरी’ का रूपमा प्रयोग गर्छौँ । आफूलाई चाहिएको सूचना खोज्छौँ तर असाध्यै कम मात्रै स्मरण गर्छौँ । धेरैजसो त्यस्ता सूचना तुरुन्तै बिर्सिन्छौँ ।
कृत्रिम बौद्धिकताको पछाडि दौडिँदै गर्दा हामीले हाम्रो खास बौद्धिकता अर्थात मानव मस्तिष्क र क्षमतालाई कम आँक्ने वा ख्याल नगर्ने कुरा गलत हुनेछ ।
यी सबैले हाम्रो आलोचनात्मक चेतना भुत्ते बनाउँछन् । यसो गर्न हामीमा अन्तर्निहित संज्ञानात्मक आग्रह दुरुपयोग हुन्छ । यो नयाँ कुरा भने होइन । इन्टरनेटको जमाना आउनु अघि पनि यस्तो हुन्थ्यो । अहिले आएर यसको मात्रा र सघनता असामान्य ढंगले बढेको मात्र हो । यस्तो परिवेशमा आफूले गर्ने निर्णय सचेत वा अचेत दुबै रूपमा अरुलाई सार्न सजिलो लाग्दै जान्छ ।
यस्तो प्रवृत्तिको भयानक दुष्परिणाम हुन सक्छ । क्याम्ब्रिज विश्वविद्यालयका अनुसन्धानकर्ता यस्तै परिवेशमा एआईका मोडेलहरु मान्छेको चाहनामाथि नै हावी हुन सक्ने धारणा राख्छन् ।
अब हेर्नुस् ! यी सबै सन्दर्भले के देखाउँदै छन् त ? एकातर्फ सूचनामा व्यापक पहुँच, उन्नत पोषण तथा विश्वव्यापी रूपमा भएको शैक्षिक सुधारले ‘मस्तिष्क पुँजी’ मा वृद्धि गरिरहेका छन् । यससँगै फेरी मानसिक स्वास्थ्यको प्रवृत्ति, हाम्रो एकाग्रताको बढ्दो माग र आलोचनात्मक चेतलाई धुमिल बनाउने शक्तिका कारण अवस्था चिन्ताजनक पनि छ ।
मानव मस्तिष्क खास प्रकारको साधन पनि हो । यसको दीर्घकालीन स्वास्थ्य, वृद्धि र नवीनताका लागि यसलाई धेरै मजबुत राख्नुपर्ने हुन्छ । यसको विकास र सुरक्षा असाध्यै महत्त्वपूर्ण कुरा हो । आजको जस्तो आमजीवन र अर्थतन्त्रमा प्रविधिले ठुलो भूमिका खेल्ने समयमा यसको झनै ठुलो महत्त्व हुन्छ ।
आज संसारमा कृत्रिम बौद्धिकता अर्थात एआईमा ट्रिलियन डलरको स्तरमा लगानी हुन थालेको छ । यसरी कृत्रिम बौद्धिकताको पछाडि दौडिँदै गर्दा हामीले हाम्रो खास बौद्धिकता अर्थात मानव मस्तिष्क र क्षमतालाई कम आँक्ने वा ख्याल नगर्ने कुरा गलत हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा