शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

बुण्डेस लिगामा फ्रिबर्गको फराकिलो जित

शनिबार, १० फागुन २०८१, ०५ : ३०
शनिबार, १० फागुन २०८१

काठमाडौं । जर्मन बुण्डेस लिगामा फ्रिबर्गले फराकिलो जित निकालेको छ । शुक्रबार राती भएको खेलमा फ्रिबर्गले वेर्डर ब्रेमेनलाई ५-० को फराकिलो अन्तरले हराएको हो । 

फ्रिबर्गका लागि भिन्सेन्जो ग्रिफो र रित्सु डोआनले समान दुई दुई गोल गर्दा किलन सिलडिलियाले एक गोल गरे । २३ औं चरणका खेल सुरु हुँदा महत्वपूर्ण जित निकाल्दै फ्रिबर्ग अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ भने ब्रेमेन १० औं स्थानमा छ । 

५५ अंकसहित बायर्न म्युनिख शीर्ष स्थानमा छ भने ४७ अंक जोडेको बायर लिभरकुजेन दोस्रो स्थानमा छ । यस्तै, ४२ अंक बटुलेको फ्र्यान्कफर्ट तेस्रो स्थानमा छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप