शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

महाकालीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल

शनिबार, १० फागुन २०८१, ०५ : १३
शनिबार, १० फागुन २०८१

आज विक्रम संवत २०८१ साल फाल्गुन १० गते, शनिबार । ईश्वी सन् २०२५ फेव्रुवरी २२ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन कृष्णपक्ष । तिथि–नवमी, ७ घडी ५५ पला, बिहान ९ बजेर ४७ मिनेट उप्रान्त दशमी । नक्षत्र–ज्येष्ठा, २० घडी २ पला, दिउसो २ बजेर ४१ मिनेट उप्रान्त मूल । योग–हर्षण, ६ घडी ५७ पला, बिहान ९ बजेर २४ मिनेट उप्रान्त बज्र । करण–गर, बिहान ९ बजेर ४७ मिनेट उप्रान्त वणिज, बेलुकी १० बजेर १४ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–बृश्चिक, दिउसो २ बजेर ४१ मिनेट उप्रान्त धनु  । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३७ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५८ मिनेट । दिनमान २८ घडी २४ पला ।

आजको बार बेला   
बिहान ०६ बजेर ३७ मिनेटसम्म काल बेला ।
बिहान ६ बजेर ३८ मिनेटदेखि बिहान ८ बजेर ३ मिनेटसम्म शुभ बेला ।
बिहान ८ बजेर ४ मिनेटदेखि  बिहान ९ बजेर २८ मिनेटसम्म रोग बेला ।
बिहान ०९ बजेर २९ मिनेटदेखि  बिहान १० बजेर ५३ मिनेटसम्म उद्धेग बेला ।
बिहान १० बजेर ५४ मिनेटदेखि बिहान १२ बजेर १८ मिनेटसम्म चर बेला ।
मध्यान्ह १२ बजेर १९ मिनेटदेखि  दिउँसो १ बजेर ४३ मिनेटसम्म लाभ बेला ।
दिउँसो १ बजेर ४४  मिनेटदेखि दिउँसो ३ बजेर ८ मिनेटसम्म अमृृत बेला ।
दिउँसो ४  बजेर ९ मिनेटदेखि बेलुकी ४ बजेर ३४ मिनेटसम्म काल बेला ।
बेलुकी ४ बजेर ३५ मिनेटदेखी बेलुकी ७ बजेर ३४ मिनेटसम्म लाभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बिहान ९ बजेर २७ मिनेटदेखि  बिहान १० बजेर ५२ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ५ बजेर १ मिनेटदेखि बिहान ५ बजेर ४९ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) बिहानको समय मध्ययम रहेकाले स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरु सम्पादन गर्न सकिने अवस्था नरहनसक्छ  । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । मध्यान्हबाट समय राम्रो रहेकाले आफन्त तथा अग्रजहरुको सहयोगमा राम्रा तथा परिणाममूखि काम गर्न सकिनेछ । कृषि, पशुपालन, खाद्यान्न तथा होटल रेष्टुराको व्यवसाय फस्टाएर जानेछ । धार्मिक पुस्तक अध्ययन गरी बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिने तथा धार्मिक क्षेत्रको भ्रमण हुनेछ ।

बृष (इ,ऊ,ए,ओ,वा,वि,वु,वे,वो) समयको ख्याल नगर्दा वा साना तिना काममा अल्झेर बस्दा महत्वपूर्ण कामहरु थाती रहनेछन् । बाटो हिड्दा वा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला गन्तव्यमा पुग्नु अगावै विभिन्न समस्याहरुको सामना गर्नु पर्नेछ । लामो समय देखिको माया प्रेममा ब्रेक लाग्नेछ । स्वास्थ्यमा समस्या आई दैनिकी प्रभावित हुनेछ, ध्यान दिनुहोला । साझपख अध्ययनमा सुधार हुनेछ । पारिवारिक माहोलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) व्यापार व्यवसाय फस्टाएर जानेछ भने व्यापारकै शिलशिलामा लामो दुरीको यात्रा हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुँदा भौतिक सम्पत्ति तथा विलाशी वस्तुहरु जोड्न सकिनेछ । लामो समयदेखिको प्रेमलाई विवाहमा परिणत गर्नको लागि प्रक्रिया अघि बढ्नेछ । पति पत्नीबीच आत्मियता बढेर जानेछ  । अध्ययन वा कामबाट बिश्राम पाइनेछ । जमघट र खानपानमा समय व्यतित हुनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) व्यवसायमा लगानी बढाउदा मनग्गे लाभ हुनेछ । प्रतिष्ठित व्यक्तिसँग प्रतिस्पर्धा गर्नु परेपनि अन्तत तपाईंकै पक्षमा नतिजा आउदा मन खुशी हुनेछ । रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जाने तथा विवाहमार्फत सम्बन्धलाई लामो समयसम्म टिकाउन सकिनेछ । अध्ययनमा वा कामबाट विश्राम पाइने तथा पारिवारिक माहोलमा मीठो मसिनो भोजन ग्रहण गर्दै समय व्यतित हुनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) बिहानको समय मध्ययम रहेकाले सामान्य स्वास्थ्य सम्बन्धी समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महशुस हुनेछ । प्रतिस्पर्धीहरुको अवरोधले फाइदाको सम्भावना टरेर जानेछ । मध्यान्हबाट समय राम्रो रहेकाले व्यवसायमा लगानी बढाउदा मनग्गे लाभ हुनेछ । पढाइ लेखाइमा प्रतिद्वन्द्वीलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । विलाशी वस्तु उपहारको रुपमा प्राप्त हुनेछ । साथीभाइसँगको भेटले दैनिकी उल्लासमय बन्नेछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) तपाईंको व्यवहारले दाजुभाई तथा आमाको मन दुख्नेछ ध्यान दिनुहोला । अरुकै काममा समय बित्ने हुँदा आफ्नो काम थाती रहनेछ । विभिन्न योजनाहरु छलफलका लागी ल्याउन सकिने भएपनि सहकर्मी हरुबाटै विरोध हुनेछ । कुनै काम गर्दा गम्भीर हुनुहोला, हतार गर्नाले काम बिग्रनेछ । प्रेममा अविश्वास बढ्ने योग रहेकोछ । र, पनि लामो दुरीको काम वा अध्ययनको शिलशिलामा यात्रा हुने योग रहेकोछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरु परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाई तथा छिमेकीहरुसँगको सम्बन्धमा सुधार भएर जानेछ । आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेकोछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यतित हुनेछ ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) आफन्त, साथीभाई तथा कुटुम्बबाट आउन सुखद समाचारले मन प्रशन्न हुनेछ । व्यवसाय फस्टाएर जानेछ भने विशेष गरी होटल तथा रेष्टुरेन्टमा लगानी गर्नेहरुका लागि आजको दिन फलदायी रहनेछ । थोरै बोलेर मनग्गे आम्दानी गर्न सकिने समय रहेकोछ । माया प्रेमको डोरो कसिलो हुनेछ भने पति पत्नीबीच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ ।

धनु (ये,यो,भा,भि,भु,ध,फा,ढा,भे) बिहानको समय मध्ययम रहेकाले अनावश्यक खर्च बढ्नेछ । न्यून पारिश्रमिकमा दिनभर समय व्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ । मध्यान्हबाट समयमा सुधार हुने हुनाले विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुने हुँदा आफन्तहरु खुशी हुनेछन् । सुन्दर तथा विलाशी वस्तुहरुको प्रयोगमार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । उत्तम बस्त्र, मनपर्ने भोजन तथा विशेष उपहार प्राप्तिको योग रहेकोछ ।
 
मकर
(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) बिहानको समय उत्तम रहेकाले प्रविधिको प्रयोग गरी अध्ययनलाई निरन्तरता दिन सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ । लामो दुरीको यात्राको तय हुनेछ । मध्यान्हबाट साथीभाई तथा आफन्तहरुको भेटघाटले नयाँ काम गर्ने अवसर आए पनि फाइदाको लागि अलिक बढी मेहनेत गर्नुपर्नेछ । स्वास्थ्य सम्बन्धी सामान्य समस्या आउने भए पनि दैनिक काम गर्न गाह्रो हुने छैन ।
 
कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) व्यापार व्यवसाय फस्टाएर जानेछ । पैत्रिक सम्पत्तिको प्रयोग गरि आम्दानीका स्रोतहरु बढाउन सकिनेछ । अध्ययन अध्यापनमा अन्य दिन भन्दा सुधार गरी अन्यभन्दा अगाडि बढ्न सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न हुनेछ भने परिवारका आवश्यकताहरु पूरा गर्न सकिनेछ । साथीभाइसँग रमाइलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) पैत्रिक कामबाट मनग्गे लाभ लिन सकिने तथा पैत्रिक सम्पत्तिको प्रयोग गरी आर्थिक रुपमा सम्पन्न हुने योग रहेकोछ । लक्ष्य प्राप्तिको लागि चालिने कदमहरु सकारात्मक दिशामा अघि बढ्नेछन् । पढाइ लेखाइ वा कामबाट विश्राम मिल्नेछ । प्रेममा नजिक हुने समय रहेकोछ । छोटो दुरीको रमाइलो यात्रा तय हुने तथा खानपान र मनोरञ्जनमा समय व्यतित हुनेछ ।

तपाईंको दिन शुभ रहोस्,
–ज्योतिषी दुर्गा प्रसाद भण्डारी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप