आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय

ला लिगामा २५ औं चरणको पहिलो खेलमा सेल्टा भिगो विजयी

शनिबार, १० फागुन २०८१, ०४ : ४४
शनिबार, १० फागुन २०८१

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा सेल्टा भिगो विजयी भएको छ । शुक्रबार राती घरेलु मैदानमा सेल्टाले ओसासुनालाई १-० गोल अन्तरले हराएको हो । 

सेल्टालाई जिताउन इयागो एस्पासले निर्णायक गोल गरे । ला लिगामा २५ औं चरणका खेल सुरु हुँदा सेल्टा र ओसासुना क्रमशः नवौं र दशौं स्थानमा छन् । 

अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोना र दोस्रो स्थानमा रहेको रियाल मड्रिडको समान ५१-५१ अंक छ भने तेस्रो स्थानमा रहेको एटलेटिको मड्रिडको ५० अंक छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप