प्रिमियर लिगमा ब्रेन्टफोर्डले लेस्टरलाई हरायो
शनिबार, १० फागुन २०८१, ०४ : २९

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा ब्रेन्टफोर्डले लेस्टर सिटीलाई हराएको छ । शुक्रबार राती भएको खेलमा लेस्टरलाई ब्रेन्टफोर्डले ४-० गोल अन्तरले हराएको हो ।
अवे मैदानमा ब्रेन्टफोर्डलाई जिताउन योअन विस्सा, ब्रायन मबेउमो, क्रिष्टियन नोर्गार्ड र फेबियो कार्भाल्होले एक एक गोल गरे । यो जितसँगै ब्रेन्टफोर्ड अंक तालिकाको १० औं स्थानमा उक्लिएको छ भने लेस्टर रेलिगेशन क्षेत्रमा थप भासिएको छ ।
२६औं चरणका खेल चलिरहँदा लिभरपुल ६१ अंकका साथ पहिलो र ५३ अंकका साथ आर्सनल दोस्रो स्थानमा छन् । तेस्रो स्थानको नटिङघमको ४७ अंक छ भने चौथो स्थानमा रहेको म्यान्चेस्टर सिटीको ४४ अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा