रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन

सिराहा । अलग–अलग घटनामा मारिएका रिंकुकुमारी सदा र प्रकृति लम्सालका लागि न्याय माग गर्दै सिराहाका विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । शुक्रवार सिराहाको नवराजपुर १ भगवतीकी रिंकुकुमारी सदा र प्रकृति लम्साल मृत्यु प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै नेपाल विद्यार्थी सङ्घ सिराहाले गोलबजारमा प्रदर्शन गरेको हो ।
विद्यार्थीहरूले रामप्रसाद तामाङ जनता बहुमुखी क्याम्पसबाट र्याली निकालेर बजार परिक्रमा गरी मुख्य चोकमा पुगेर कोणसभा गरेका थिए । कोणसभामा घटनामा संलग्न दोषीहरूलाई कारबाहीको माग गर्दै ‘बलात्कार पीडितलाई न्याय दे, अपराधीलाई कारबाही गर, बलात्कारको मूल्य तोक्ने पञ्चहरूमाथि कारबाही गर, जस्टिस फर रिंकु सदा र प्रकृति लम्साल’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
गत माघ ३० गते सिराहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुर टोलकी १७ वर्षीया रिंकुकुमारी सदा आफ्नै घरको छानोमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । अनुसन्धानका क्रममा उनलाई स्थानीय रूपेश मण्डल, चन्दन साह, र रामविनय मण्डलले सामूहिक बलात्कार गरेको खुलेको छ । घटनापछि स्थानीय स्तरमा पञ्चायत राखी मिलाउने प्रयास भएको थियो, जसका कारण पीडित मानसिक तनावमा परेकी थिइन् । त्यसलगत्तै उनी मृत फेला परेकी थिइन् ।
भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (KIIT) मा मेकानिकल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत प्रकृति लम्साल होस्टेलको कोठामा मृत फेला परेकी थिइन् । सुसाइड नोटमा उनले ब्रेकअप पछि पूर्व प्रेमीले मानसिक तनाव दिएको र ब्ल्याकमेल गर्ने प्रयास गरेको उल्लेख छ । लम्सालको मृत्यु आत्महत्या वा अन्य कारणले भएको विषयमा विस्तृत अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली बिरामी देखाएर चन्दा आतंक मच्चाउनेहरूलाई अनुसन्धान गर्न समीक्षाको माग
-
डकेटको शानदार शतक, अस्ट्रेलियासामु विशाल लक्ष्य
-
मोरङमा ‘लाइदिऊँ कि माया टुनामुना पो’ र ‘माया बस्यो है’को छायाङ्कन
-
स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्न जरुरी छ : मेयर शाह
-
नेपालीमा नकारात्मक सोच बढ्यो, स्वजागरणले सकारात्मक बनाउँछ : सभामुख
-
आरतीलाई बैठकस्थलबाट निकालेको छैन : नेकपा एकीकृत समाजवादी