फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?

काठमाडौँ । केन्द्रीय चलचित्र जाँच समितिले फिल्म ‘लाज शरणम’को जाँच गरेको छ । शुक्रबार संचार तथा सूचना प्रविधि मन्त्रालयमा सो फिल्मको जाँच गरिएको हो ।
मन्त्रालयका कानून विभाग हेर्ने अधिकारीसहित उपस्थित जाँचमा सेन्सर पासचाहि भैनसकेको बताइएको छ । फिल्मसँग सम्बन्धित केही कुराहरु मिलाउनुपर्ने भन्दै फिल्म टिमलाई आइतबार पनि बोलाइएको छ ।
फिल्मको जाँचअघि संचार मन्त्रालयमा बोर्ड पदाधिकारीहरूको बैठक बसेको थियो । सो बैठकसँगै सबै सदस्यले फिल्मको स्क्रिप्ट अध्ययन गरेका थिए । स्क्रिप्ट अध्ययनको क्रममा पनि फिल्मको विषयवस्तु सामान्य नै पाइएको बताइएको छ ।
पूर्वमन्त्री अफताव आलमले आफूजस्तो देखिने चरित्र चित्रण गरेको भन्दै फिल्मविरुद्ध पाटन उच्च अदालतमा निषेधाज्ञाको रिट दायर गरेका थिए । आलमको रिटमा सुनुवाइ गर्दै अदालतले सेन्सरअघि फिल्मको प्रचारप्रसार नगर्न र नगराउन आदेश दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल सुपर लिग : कुन खेलाडी कुन टोलीमा पुगे ?
-
प्लस टु सञ्चालन गर्न चन्दा उठाएरै ७० लाखको अक्षय कोष
-
अमेरिकी शीर्ष सैन्य नेतृत्वमा ठुलो परिवर्तन, जनरल ब्राउन हटाइए
-
जदौको स्वरमा मरिहत्ते श्रोता–संसार
-
तस्बिरमा हेर्नुहोस् नेपाल सुपर लिगको अक्सन
-
माओवादीले नेतृत्व गरेका पालिका टाढैबाट चिनिने बनाउनुपर्छ : प्रचण्ड