शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?

शुक्रबार, ०९ फागुन २०८१, २२ : ५२
शुक्रबार, ०९ फागुन २०८१

काठमाडौँ । केन्द्रीय चलचित्र जाँच समितिले  फिल्म ‘लाज शरणम’को जाँच गरेको छ । शुक्रबार संचार तथा सूचना प्रविधि मन्त्रालयमा  सो फिल्मको जाँच गरिएको हो । 

मन्त्रालयका कानून विभाग हेर्ने अधिकारीसहित उपस्थित जाँचमा सेन्सर पासचाहि भैनसकेको बताइएको छ । फिल्मसँग सम्बन्धित केही कुराहरु मिलाउनुपर्ने भन्दै फिल्म टिमलाई आइतबार पनि बोलाइएको छ ।

फिल्मको जाँचअघि संचार मन्त्रालयमा बोर्ड पदाधिकारीहरूको बैठक बसेको थियो । सो बैठकसँगै सबै सदस्यले फिल्मको स्क्रिप्ट अध्ययन गरेका थिए । स्क्रिप्ट अध्ययनको क्रममा पनि फिल्मको विषयवस्तु सामान्य नै पाइएको बताइएको छ ।

पूर्वमन्त्री अफताव आलमले आफूजस्तो देखिने चरित्र चित्रण गरेको भन्दै फिल्मविरुद्ध पाटन उच्च अदालतमा निषेधाज्ञाको रिट दायर गरेका थिए । आलमको रिटमा सुनुवाइ गर्दै अदालतले सेन्सरअघि फिल्मको प्रचारप्रसार नगर्न र नगराउन आदेश दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप