समानुपातिक प्रतिनिधित्व खुम्च्याएर संविधान संशोधन गरे देशमा ठुलो विद्रोह हुन्छ : श्रेष्ठ

ललितपुर । जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले संविधान संशोधन गर्दा समानुपातिक प्रतिनिधित्व प्रणाली हटाए देशमा ठुलो विद्रोह हुने चेतावनी दिएका छन् ।
नेपाल बौद्धिक पेसाकर्मी महासङ्घ पुनर्गठनका लागि भएको घोषणा सभामा श्रेष्ठले आफ्नो पार्टीले समाजवाद सँगसँगै सङ्घवादलाई पनि सिद्धान्तको रूपमा मानेको बताउँदै उत्पीडित राष्ट्रियताहरूको मुक्ति सङ्घवादले र श्रमजीवी वर्गको मुक्ति समाजवादले गर्ने मौलिक सिद्धान्तको रूपमा सङ्घीय समाजवाद अगाडी सारेको बताए ।
नेपालजस्तो बहुलतायुक्त मुलुकका लागि सङ्घवाद र समाजवादलाई सिद्धान्त मान्ने नयाँ ढङ्गको पार्टीको आवश्यकता भएको कुरा स्पष्ट पार्दै प्रमुख अतिथि श्रेष्ठले राजनीतिक रूपमा उत्पीडित राष्ट्रियताहरूको मुक्तिका लागि सङ्घीयता र साङ्गठनिक रूपमा जस्तो समाज उस्तै पार्टी– जस्तो समाज उस्तै राज्यको नारा अगाडी सारेको कुरा बताए । यी विचारहरूले जनता समाजवादीलाई अरू पार्टीभन्दा भिन्न बनाएको कुरा पनि उनले स्पष्ट पारे ।
श्रेष्ठले नेपाली काङ्ग्रेस र नेकपा (एमाले) ले राजनीतिक स्थिरताका लागि भन्दै समानुपातिक निर्वाचन फेर्ने कुरा गर्नु टाउको दुख्दा नाइटोमा औषधी हालेजस्तो भएको बताए । उनले देशमा राजनीतिक स्थायित्वका लागि सङ्घ र प्रदेशमा पनि स्थानीय तहमा जस्तै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चुन्ने प्रणाली तथा संसद् पूर्ण समानुपातिक र मन्त्रिपरिषद् विज्ञहरूको बनाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी च्याम्पियन्स ट्रफी फर्ममा फर्कने प्रयासमा रहेका अस्ट्रेलिया र इंग्ल्याण्डबिच आज भिडन्त
-
नेपाल सुपर लिग : कुन खेलाडी कुन टोलीमा पुगे ?
-
प्लस टु सञ्चालन गर्न चन्दा उठाएरै ७० लाखको अक्षय कोष
-
अमेरिकी शीर्ष सैन्य नेतृत्वमा ठुलो परिवर्तन, जनरल ब्राउन हटाइए
-
जदौको स्वरमा मरिहत्ते श्रोता–संसार
-
तस्बिरमा हेर्नुहोस् नेपाल सुपर लिगको अक्सन