तनहुँमा लक्ष्यको ९९ प्रतिशतलाई एचपिभी खोप लगाइयो

दमौली । जिल्लामा लक्ष्यको ९९ प्रतिशत छात्रालाई पाठेघरको मुखको क्यान्सर विरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपिभी) खोप लगाइएको छ । जिल्लामा रहेका दश स्थानीय तहका १४ हजार एक सय ३५ छात्रालाई उक्त खोप लगाइएको गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
जिल्लाका १४ हजार दुई सय ७८ छात्रालाई खोप लगाउने लक्ष्य रहेकामा करिब ९९ प्रतिशतले लगाएका कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जनाउँदै जिल्लामा दुई चरणमा खोप अभियान सम्पन्न भएको उल्लेख गरे ।
पहिलो चरणमा व्यास र भानु नगरपालिका तथा देवघाट, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाका साथै दोस्रो चरणमा शुक्लागण्डकी र भिमाद नगरपालिका तथा म्याग्दे, ऋषिङ र घिरिङ गाउँपालिकामा खोप अभियान सम्पन्न भएको अधिकारीले जानकारी दिए ।
विद्यालय जाने कक्षा छ देखि १० सम्मका १४ हजार ७८ र विद्यालय नजाने दुई सयलाई खोप खोप लगाउने लक्ष्यसहित प्रत्येक विद्यालयमा खोप केन्द्र कायम गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङमा ‘लाइदिऊँ कि माया टुनामुना पो’ र ‘माया बस्यो है’को छायाङ्कन
-
स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्न जरुरी छ : मेयर शाह
-
नेपालीमा नकारात्मक सोच बढ्यो, स्वजागरणले सकारात्मक बनाउँछ : सभामुख
-
आरतीलाई बैठकस्थलबाट निकालेको छैन : नेकपा एकीकृत समाजवादी
-
द्वारिकादेवी ठकुरानी : प्रथम महिला उपमन्त्री जसलाई बीपीले घरमै पठाइदिएका थिए टिकट
-
कांग्रेसको स्पष्टीकरण पत्रपछि मन्त्री रायको असन्तुष्टि – राजनीतिक पूर्वाग्रह राखियो