शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

भद्रपुर झापा गोल्डकप: आयोजक ब्लेजर्स सेमिफाइनलमा

शुक्रबार, ०९ फागुन २०८१, २१ : ३१
शुक्रबार, ०९ फागुन २०८१

भद्रपुर । दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपमा आयोजक भद्रपुर ब्लेजर्स सेमिफाइनलमा प्रवेश गरेको छ । मेची रङ्गशालामा आज भएको पहिलो क्वाटरफाइनल नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै आयोजक ब्लेजर्स सेमिफाइनलमा प्रवेश गरेको हो । 

ब्लेजर्सका लागि मिलन राईले खेलको ७२ औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई १–० को स्थितिमा पु¥याए । पहिलो गोल भएको दुई मिनटमा ब्लेजर्सका राईले पेनाल्टीमार्फत टोलीका लागि दोस्रो गोल गरे । पुलिसका लागि दोस्रो हाफको अतिरिक्त समयमा प्रशान्त कुँवरले एक गोल फर्काए । 

ब्लेजर्सका लागि दुई गोल गरेका राई प्लेयर अफ द म्याच भएका छन् । भोलि हुने दोस्रो क्वाटरफाइनलमा झापा–११ र चर्च बोइज युनाइटेडबीच खेल हुनेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप