माओवादी केन्द्रको ‘जनतासँग माओवादी जागरण अभियान’ फागुन १२ गतेदेखि

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले यही फागुन १२ देखि हुलाकी राजमार्ग केन्द्रित ‘जनतासँग माओवादी जनजागरण अभियान’ सुरु गर्ने भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै माओवादी केन्द्रले फागुन १२ गतेदेखि हुलाकी राजमार्ग केन्द्रित जागरण अभियान सुरु हुने जनाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले हुलाकी राजमार्ग केन्द्रित जागरण अभियानको शुभारम्भ नेपालको सबैभन्दा होचो ठाउँ झापाको केचनाकवलबाट गरिने बताए । उनले अभियानको समापन चैत्र ८ गते कञ्जनपुरमा पुगेर गरिने बताए । उनकाअनुसार तराई क्षेत्रका नागरिकहरूले भोग्नुपरेका समस्याहरूको बारेमा जागरण अभियान केन्द्रित हुनेछ ।
उनले भने, ‘जनतासँग माओवादी हुलाकी राजमार्ग तराई–मधेस जागरण अभियान फागुन १२ गते नेपालको सबैभन्दा होचो ठाउँ झापाको केचनाकवलबाट सुरु हुँदैछ । र त्यो अभियान आउँदो चैत ८ आठ गते कञ्चनपुरमा समाप्त हुनेछ । यो अभियान खासगरी तराई–मधेस जागरण अभियान हुनेछ । र यसमा हुलाकी मार्गलाई आधार बनाएर सुरु गरिने छ ।’
अभियानअन्तर्गत फागुन १२ गते झापा भेटघाट, अन्तरक्रिया तथा सभा हुने बताइएको छ । फागुन १३ मा मोरङमा भेटघाट, अन्तरक्रिया तथा सभा गर्ने कार्यतालिका छ ।
फागुन १५ मा सुनसरीमा भेटघाट, अन्तरक्रिया तथा सभा हुनेछ । अभियान फागुन १६ देखि २४ सम्म मधेस प्रदेशमा हुनेछ । फागुन १६ मा सप्तरी, १७ गते सिरहा, १८ गते धनुषा, १९ गते महोत्तरी, २१ गते सर्लाही, २२ गते रौतहट, २३ गते बारा र २४ गते पर्सामा आमसभा, भेटघाट र अन्तरक्रिया बताइएको छ । फागुन २५ गते चितवनको भरतपुरमा सभा तथा अन्तरक्रिया हुनेछ । नवलपुर (नवलपरासी पूर्व) मा फागुन २६ गते सभा हुनेछ भने २७ गते लुम्बिनी प्रदेशको नवलपरासी पश्चिममा सभा, भेटघाट र अन्तरक्रिया कार्यक्रम हुने प्रवक्ता सापकोटाले बताए । २८ फागुनमा रुपन्देहीमा कार्यक्रम हुनेछ भने चैत २ मा कपिलवस्तु र ३ चैतमा दाङमा कार्यक्रम आयोजना हुनेछ । त्यस्तै ४ चैतमा बाँके, ५ गते चैतमा बर्दिया, ६ चैतमा कैलाली र ७ चैतमा कञ्चनपुरमा कार्यक्रम गरी अभियानको समापन पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्यमन्त्री र प्रदेश प्रमुखलाई दोहोरो सुविधा : सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
-
प्राधिकरणमा राजाभाइलाई प्रवक्ताको जिम्मेवारी
-
प्रदर्शनलाई शान्तिपूर्ण बनाउन राजावादी र समाजवादी मोर्चालाई आग्रह
-
रोनाल्डोलाई पनि मेस्सीसँगै इन्टर मियामीबाट क्लब विश्वकप खेलाउने योजनामा बेकह्याम
-
काठमाडौंमा भोलि दुई ठुला प्रदर्शन हुने, अस्ट्रेलियन दूतावासको ट्राभल एडभाइजरी
-
गर्मीमा अनुहारमा दल्नु हुन्न यी चिज, नत्र अनुहार बिग्रन सक्छ