लुम्बिनीमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियान सुरु

लुम्बिनी प्रदेशमा ‘मेरो विद्यालय, मेरो दायित्व’ अभियानको सुरुआत गरिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँचीको अर्घा रजस्थल माध्यमिक विद्यालयबाट यो अभियानको उद्घाटन गरेका छन् । यो अभियान पूर्वविद्यार्थीहरूको योगदानबाट सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार्ने उद्देश्य राख्दछ।
मुख्यमन्त्री आचार्यले एक लाख ११ हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गरे, जसबाट दलित जेहन्दार विद्यार्थीलाई पुरस्कृत गरिनेछ। यस अभियानले सामुदायिक विद्यालयहरूको मनोबल उच्च बनाउन सहयोग पुर्याउने विश्वास गरिएको छ। प्रदेशभरका १७ विद्यालयमा अभियानको शुभारम्भ गरिएको छ।
लुम्बिनी प्रदेशमा ६,३४० विद्यालयमध्ये ४,५३१ सामुदायिक विद्यालय रहेका छन्, जहाँ १२ लाख ८८ हजार २ सय ९८ विद्यार्थी पढिरहेका छन्। एसईईको कमजोर नतिजा सुधार्न यो अभियान सुरु गरिएको हो। २०८० को एसईई परीक्षामा ३८।७२ प्रतिशत मात्र ग्रेडेड भएको देखिएको छ, जसमा सामुदायिक विद्यालयहरूको अवस्था अझ कमजोर रहेको छ।
अभियानमार्फत विद्यालय व्यवस्थापन, आर्थिक सहयोग, भौतिक सुधार, र शैक्षिक प्रतियोगिताहरू सञ्चालन गरिनेछन्। यसले शिक्षाबाट वञ्चित वर्गलाई मुख्यधारामा ल्याउन, सामाजिक जागरूकता बढाउन र बालविवाह, घरेलु हिंसा जस्ता समस्याहरूसँग लड्न मद्दत गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६३ जना एसपीको सरुवा, को कहाँ ? (सूचीसहित)
-
कस्मेटिक,फुड्स सप्लिमेन्ट आयात तथा उत्पादकलाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन
-
दुर्गा प्रसाईं र महेश बस्नेतले एक अर्का विरुद्ध हालेको गाली बेइज्जती मुद्दा हेर्दाहेर्दैमा
-
आन्दोलनरत शिक्षकहरूको नारा – पुरानो ऐन चाहिँदैन, शिक्षक पिट्न पाइँदैन
-
तीनकुने घटनामा पक्राउ परेका ४० जनालाई थप १० दिन हिरासतमा राख्न अनुमति
-
कारखानामा यसरी बन्दै थियो पनिर, देखेर अधिकारीहरू पनि छक्क परे