शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय
समाचार

गृह मन्त्रालयद्वारा तीन सीडीओको सरुवा

शुक्रबार, ०९ फागुन २०८१, २० : ५४
शुक्रबार, ०९ फागुन २०८१

काठमाडौँ । गृह मन्त्रालयले तीन प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । गृहमन्त्री रमेश लेखकले मन्त्रीस्तरीय निर्णय गर्दै दुई सहसचिवलाई सीडीओको जिम्मेवारी दिएका हुन् ।

मन्त्री लेखकले नवलपरासी पश्चिमकी सीडीओ स्किम श्रेष्ठलाई मकवानपुरको सीडीओमा सरुवा गरेका छन् भने रौतहटका सीडीओ हिरालाल रेग्मी नवलपरासी पश्चिममा सरुवा गरेका छन् ।

मकवानपुरका सीडीओको अर्थ मन्त्रालयमा सरुवा भएपछि खाली थियो । रौतहटमा भने कसैको निर्णय नभएको बताइएको छ ।

त्यस्तै तेह्रथुमको सीडीओमा मन्त्रालयमा कार्यरत प्रकाश अधिकारीलाई पठाउने निर्णय भएको मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले जनाएको छ । तेह्रथुममा उपसचिव सीडीओ हुन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप