प्रकृति लम्साल आत्महत्या प्रकरणमा भारतले के भन्यो ?

नयाँ दिल्ली । उडिसाको किट विश्वविद्यालयमा नेपाली छात्रा प्रकृति लम्सालको आत्महत्या प्रकरणमा अन्ततः भारत सरकारले मुख खोलेको छ । आत्महत्यापछि नेपाली विद्यार्थीहरूले गरेको विरोध र त्यसपछि उनीहरूमाथि विद्यालय व्यवस्थापनले गरेको दूरव्यवहार र जर्बजस्ती निकाला लगायतका घटनाले यो प्रकरणले चौतर्फी रूपमा धेरैको ध्यान खिचिरहँदा भारतको केन्द्र सरकारले यसबारे अन्ततः आफ्नो धारणा राखेको हो ।
प्रकृतिको दुःखद मृत्युबाट आफूहरू निकै दुखी रहेको बताउँदै मृतकका परिवारप्रति भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले हार्दिक समवेदना व्यक्त गरे । यसको साथै उनले भारतमा रहेका सबै विदेशी विद्यार्थीको सुरक्षा, रक्षा र हितलाई भारत सरकारले उच्च प्राथमिकतामा राखेको बताए । प्रकरणयता विदेश मन्त्रालय निरन्तर उडिसा सरकार र किटसँग सम्पर्कमा रहेको भन्दै उनले प्रकरण सार्वजनिक भएयता आफूहरू नेपाल सरकारसँग पनि निकट सम्पर्कमा रहिरहेको बताए ।
पछिल्लो मामिलालाई सम्बोधन गर्न उडिसा सरकार, किट विश्वविद्यालयले कयौँ कदमहरू चालेको उनको भनाइ थियो । यस मामिलामा उडिसा प्रहरीले मुख्य आरोपीसमेत अन्य कयौँ व्यक्तिलाई पक्रिएर उजुरी दर्ता गरेको पनि उनले बताए । उडिसा सरकारले घटनाको छानबिन गर्न उच्चस्तरीय छानबिन समितिको गठन गरेको बताइएको छ । समितिले प्राप्त गर्ने तथ्यका आधारमा थप कारबाही गरिने पनि उनले बताए ।
विश्वविद्यालय फर्किरहेका नेपाली विद्यार्थीको सहजीकरणका कारण उडिसा सरकारले कयौँ कदम चालेको बताइएको छ । उनीहरूको सुरक्षा, रक्षा अनि विश्वविद्यालयमा शैक्षिक गतिविधिमा सहभागिताका लागि सहजीकरण भइरहेको भनिएको छ । उडिसा प्रहरी र स्थानीय भुवनेश्वरका प्रहरीले २४ सैं घन्टे हेल्पलाइन नम्बर खोलेको पनि प्रवक्ता जयशवालले बताए । रियल टाइम कम्युनिकेशन र सहकार्य सुनिश्चित गर्न केन्द्र सरकार उडिसाको सरकार र नेपाली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा रहेको उनको भनाइ थियो । भारतमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरू नेपालसँग भारतको सम्बन्ध, लिंकको महत्त्वपूर्ण कडी भएको भन्दै भारत सरकारले निरन्तर नेपाली विद्यार्थीहरूको सुरक्षा, रक्षा र हितका लागि आवश्यक सबै कदमहरू चाल्नेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेता रायमाझीलाई पितृशोक
-
पर्याप्त बजेट अभावमा चितवन राष्ट्रिय निकुञ्जलाई बाघ पाल्न कठिन
-
ओलीलाई पुनको प्रश्न : दमकमा भ्यू टावर बनाउँदा वरपर ५ हजार सुकुम्वासी छन् भन्ने किन बिर्सनुभयो ?
-
प्रधानसेनापति म्याराथनमा नेपाली सेनाका खड्का प्रथम
-
लोकतन्त्रको विकल्प खोज्नु मुलुकलाई सङ्कटमा धकेल्ने काम हो : गृहमन्त्री लेखक
-
नेपाली कथामा जनयुद्धको प्रतिविम्बनः साक्ष्य सर्वेक्षण