शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

परराष्ट्रमन्त्री शनिबार जेनेभातर्फ प्रस्थान गर्दै

शुक्रबार, ०९ फागुन २०८१, २० : ३२
शुक्रबार, ०९ फागुन २०८१

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को ५८औँ सत्रको उच्चस्तरीय बैठकमा सहभागी हुन शनिबार स्वीट्जरल्याण्डको जेनेभातर्फ प्रस्थान गर्दै छन् । उक्त बैठक २४ देखि २६ फेब्रुअरी २०२५ सम्म जिनेभामा आयोजना हुनेछ । 

परराष्ट्रमन्त्री डा. देउवाले २४ फेब्रुअरीका दिन उच्चस्तरीय बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसबाहेक, आफ्नो भ्रमणको क्रममा उनले विभिन्न देशका समकक्षी परराष्ट्रमन्त्रीहरूसँग, संयुक्त राष्ट्रसंघका निकाय प्रमुखहरू, अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरूसँग तथा अन्य विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

नेपाललाई संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्य बन्न आवश्यक समर्थन जुटाउन पनि उनले विभिन्न राष्ट्रहरूसँग संवाद गर्नेछन् ।

परराष्ट्रमन्त्री डा. देउवाको नेतृत्वमा परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जिनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपाल स्थायी मिशनका उच्च अधिकारीहरू सम्मिलित नेपाली प्रतिनिधिमण्डल पनि सहभागी हुनेछ ।

उनी २८ फेब्रुअरी २०२५ मा काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप