थाइल्याण्डबाट पाँच नेपाली नागरिकको उद्धार, आजै नेपाल फर्काइयो
शुक्रबार, ०९ फागुन २०८१, २० : २६

बैंकक । अनलाइन स्क्यामिङसम्बन्धी कार्यमा लगाइएका नेपाली नागरिकहरूलाई नेपाली राजदूतावास, बैंककले उद्धार गरी नेपाल फर्काएको छ ।
थाइल्याण्ड सरकारको सहयोगमा उद्धार गरिएका पाँच जना नेपालीमध्ये चार जना पुरुष र एक जना महिला रहेका छन् । उनीहरूलाई आज नेपाल फर्काइएको राजदूतावासले जनाएको छ।
राजदूतावासका अनुसार, नेपाल सरकारले तोकेको मापदण्ड विपरीत भिसा लिएर विदेश गएर गैरकानुनी रूपमा रोजगारी गर्ने क्रम बढ्दो छ। धेरै पैसा कमाउने लोभमा नेपालीहरू ठगीमा परेर मानव तस्करी तथा शोषणको शिकार बन्ने गरेका छन्। राजदूतावासले यसप्रकारका गैरकानुनी गतिविधिबाट जोगिन नागरिकहरूलाई सचेत रहन आग्रह गरेको छ।
आवश्यक परेमा नेपाली राजदूतावास, सम्बन्धित निकाय तथा नागरिक समाजसँग समन्वय गरी उद्धारको प्रयास गरिने पनि राजदूतावासले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कति छ अमेरिकी डलर, युरो, पाउण्ड, अष्ट्रेलियन, क्यानेडियन र हङकङ डलरको मूल्य ?
-
आज देशभर अक्षय तृतीया पर्व मनाइँदै
-
च्याम्पियन्स लिग सेमीफाइनल पहिलो लेगमा पीएसजी विजयी, आर्सन पर्यो दबाबमा
-
पर्यटन विकास व्यवसायी सङ्घको अध्यक्षमा सिग्देल निर्विरोध निर्वाचित
-
शिक्षक आन्दोलन : मंगलबार रातिको वार्तामा अर्थमन्त्री र गृहमन्त्री पनि सहभागी
-
आठ वर्षपछि दिल्लीको मैदानमा कोलकाताको पहिलो जित, नरेनको अलराउण्ड प्रदर्शनले लियो हारको वदला