उडिसाबाट सुनौली नाका भएर ३६ जना विद्यार्थी नेपाल फर्किए

बुटवल । उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शङ्कास्पद मृत्युपछि नेपाली विद्यार्थी विभिन्न नाका हुँदै घर फर्कन थालेका छन् ।
रुपन्देहीको सुनौली नाकाबाट हालसम्म ३६ जना विद्यार्थी घर फर्किएको इलाका प्रहरी कार्यालय बेलहिया प्रहरी निरीक्षक मुकेश न्यौपाने रातोपाटीलाई बताए । उनले २ दिनमा ३६ जना नेपाल फर्किएको बताए ।
दुई जना स्याङ्जा, कास्की, धनगढी, नेपालगन्जका एक–एक गरी ५ जना रहेका छन् भने अन्य ३१ जना लुम्बिनी प्रदेशका रहेको प्रहरीले जनाएको छ ।
उक्त कलेजको होस्टेलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत भैरहवाकी प्रकृति लम्साल आइतबार मृत अवस्थामा भेटिएकी थिइन् । त्यसपछि कलेजमा आन्दोलन भएपछि विद्यार्थीहरू नेपाल फर्किएका हुन् । मृतक लम्सालको शव नेपाल ल्याएर परिवारले भैरहवामा दाहसंस्कार समेत गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ दिल्लीको एक ‘बदनाम’ गल्ली, जहाँ दैनिक सरदर २० हजार थान कण्डम खपत हुन्छ
-
रत्नकुमार बान्तवासँगको मेरो त्यो अन्तिम भेट
-
चैत २९ देखि काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुँदै
-
प्रधानमन्त्रीले गरे पाणिनी तपोभूमि सम्मेलनको उद्घाटन
-
तीनकुने घटनामा कुनै साइनो नभएका पूर्वराजामाथि लाञ्छना लगाउने काम गरियो : कमल थापा
-
वैशाख २२ गते सामूहिक गिरफ्तारी दिने जगमानको घोषणा