शेखर कोइरालाको आरोप– देश एमालेकरण भएका कारण अर्थतन्त्र धराशायी बन्दै गयो

सुर्खेत । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेमाथि गम्भीर आरोप लगाएका छन् । कोइरालाले देश एमालेकरण भएका कारण नै देशको अर्थतन्त्र धराशायी बन्दै गएको आरोप लगाएका हुन् ।
‘प्रधानमन्त्री एमाले, सभामुख एमाले, अर्थमन्त्री एमाले, राष्ट्र बैँकको गभर्नर एमाले, लगानी बोर्डको अध्यक्ष एमाले, योजना आयोगको उपाध्यक्ष एमाले, अनि आज अर्थतन्त्र किन धराशायी हुँदै छ,’ शुक्रबार वीरेन्द्रनगरमा आयोजित पूर्वआप्रवासी समन्वय विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने, ‘देश एमालेकरण भएका कारण अर्थतन्त्र धराशायी हुँदै गएको छ भन्ने मेरो मान्यता हो ।’
बिस्तारै थाह नपाउने गरी देश एमालेकरण भइसकेको उनको भनाइ छ । उनले अगाडि थपे, ‘त्यसलाई कसले रोक्ने हो ? हामीले खबरदारी नगरे देश बरबाद हुन्छ ।’
आफ्नै पार्टी सरकारमै भएपनि खबरदारी गर्न आवश्यक रहेको उनको भनाइ छ । एमालेले ल्याएका अधिकांश निर्णय कांग्रेसका मन्त्रीहरूले हुबहु हुन्छ भन्ने गरेको र त्यसमा खासै ध्यान नदिइएको पनि कोइरालाले बताए । ‘एमालेले ल्याएको प्रस्ताव फटाफट पास हुने, अनि हाम्रा मन्त्रीले ल्याएको प्रस्ताव संयन्त्रमा पठाउन चाहनुहुन्छ,’ उनले भने, ‘किनभने त्यहाँ एमालेको मान्छे छैन ।’ यस्तो अवस्थाले देश चल्न गाह्रो हुने कोइरालाको निष्कर्ष छ ।
दुइैवटा ठुला दल मिल्दा देश कहिलेकतै निरङ्कुशता जान सक्ने भएकाले खबरदारी गरिरहनुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुढानीलकण्ठमा ११ भाइको भेलापछि शेखर पक्षको पनि बैठक
-
ग्रे लिस्टबाट निस्कने नेपालको कार्ययोजना स्वीकृत
-
सात महिनामा २५ अर्बको तरकारी, १२ अर्बको फलफूल आयात
-
संविधान संशोधन दलहरूबिच साझा सहमतिका आधारमा गर्नुपर्छ : सांसद न्यौपाने
-
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक : नेताहरूले धारणा राख्ने क्रम जारी (तस्बिरहरू)
-
मुस्ताङमा सिसा, धातु र प्लास्टिकजन्य फोहर व्यवस्थापन अभियान