चर्च ब्वाइज बागमती गोल्डकपको फाइनलमा

चर्च ब्वाइज युनाइटेड जारी बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौँ संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबारको खेल जित्दै चर्च ब्वाइज फाइनलमा प्रवेश गरेको हो ।
सहिद स्मृति रंगशालामा भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफलाई ३–२ गोलले हराउँदै चर्च ब्वाइज प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । चर्च ब्वाइजको जीतमा विदेशी खेलाडी आर्मण्डले खेलको दोस्रो हाफको २८ औँ र ३२ औँ मिनेटमा गोल गरे भने सुमित श्रेष्ठले खेलको ८५ औँ मिनेट गोल गरे ।
एपीएफका लागि बुद्धिमान राईले खेलको पहिलो हाफको ३६ औँ मिनेटमा र हरि कार्की दोस्रो हाफको ४३ औँ मिनेटमा गोल गरे । खेलको म्यान अफ द म्याच आर्मण्ड घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । जीतसँगै चर्च ब्वाइज गोल्डकपको फाइनल प्रवेश गर्ने पहिलो टोली बनेको हो ।
प्रतियोगितामा एपीएफले संकटालाई र चर्च ब्वाइजले विभागीय टोली त्रिभुवन आर्मीलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको थियो । एपीएफ गत संस्करणको उपविजेता टोली हो भने चर्च ब्वाइज प्रतियोगितामा नयाँ टोली हो । गत संस्करणमा एपीएफ मच्छिन्द्रसँग पराजित हुँदै उपविजेता बनेको थियो ।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा भोलि शनिबार मच्छिन्द्र फुटबल क्लब र थ्रीस्टारबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको फाइनल खेल सोमबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात महिनामा २५ अर्बको तरकारी, १२ अर्बको फलफूल आयात
-
संविधान संशोधन दलहरूबिच साझा सहमतिका आधारमा गर्नुपर्छ : सांसद न्यौपाने
-
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक : नेताहरूले धारणा राख्ने क्रम जारी (तस्बिरहरू)
-
मुस्ताङमा सिसा, धातु र प्लास्टिकजन्य फोहर व्यवस्थापन अभियान
-
नेपाल ‘ग्रे लिस्ट’बाट बाहिर निस्कन कस्तो सुधार र प्रतिबद्धता आवश्यक पर्छ ?
-
मधेस प्रदेश सरकारको सङ्कल्प प्रस्ताव विवादमा