राजेशकाशी श्रेष्ठको ‘व्यक्तित्व योगदान’ पुस्तक लोकार्पित
शुक्रबार, ०९ फागुन २०८१, १७ : ५३

काठमाडौँ । व्यवसायी तथा समाजसेवी राजेशकाजी श्रेष्ठको जीवनीमा आधारित ‘व्यक्तित्व योगदान’ पुस्तकको आज लोकार्पण गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस्तकको लोकार्पण गरेका हुन् ।
ईश्वरलाल प्रतिष्ठानद्वारा प्रकाशित साे पुस्तकको लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले व्यवसायको क्षेत्रका साथै नेपाल चेम्बर अफ कमर्सको संस्थागत विकासमा योगदान दिएका श्रेष्ठको व्यक्तित्व र कृतित्व नयाँ पुस्ताका लागि प्रेरणादायी हुने बताए ।
उनले सुशासनबाट मात्रै हामी समृद्धितिर देशलाई लान सकिने भएको र सुशासन एउटा गम्भीर चुनौतीका रूपमा रहेकाले छिटो छरितो रुपमा कानुन बनाउने र काम अगाडि बढाउने प्रक्रियामा सरकार रहेको समेत बताए ।