पूर्वराजाको आह्वानले जनता सडकमा उत्रिन सक्ने अवस्था निम्तिएको छ : अध्यक्ष थापा

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको आह्वानले नेपाली जनता सडकमा उत्रिन सक्ने अवस्था निम्तिएको बताएका छन् । हेटौंडामा आयोजित राप्रपा नेपाल मकवानपुरको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले आगामी चुनावमा जनताले गणतन्त्रवादी कुनै पनि दललाई भोट नहाल्ने अवस्था आउने बताएका हुन् ।
अध्यक्ष थापाले पूर्वराजाको सन्देशलाई सकारात्मक ढंगले ग्रहण गर्न आग्रह गरे । पूर्वराजाले राष्ट्रिय मेलमिलापको प्रस्तावलाई अघि बढाएको उनले बताए । पूर्वराजाको सन्देश कुनै पार्टी र सरकारको विरुद्धमा नभएको उनको भनाई छ । उनले एमाले, कांग्रेस, माओवादी लगायतका दलले सही ढंगबाट काम नगर्दा नागरिकहरूमा निराशा पैदा भएको बताए ।
‘देशलाई ठुला दलले ब्रमलुट गरिरहेका छन् । धेरै युवाहरू विदेश पलायन हुँदा अहिले क्याम्पसहरू पनि बन्द हुने अवस्थामा पुगेका छन् । अहिलेकै अवस्था रहने हो भने सरकारले कर्मचारीहरूको तलब भत्ता र सामाजिक सुरक्षा भत्ता पनि दिन नसक्ने अवस्था हुनेछ,’ उनले भने ।
पूर्वराजालाई दोषी देखाएर आफ्नो गल्ती ढाकछोप नगर्न पनि अध्यक्ष थापाले राजनीतिक दलहरूलाई चेतावनी दिए । संघीयता खारेजी र राजसंस्था पुनःस्थापनाको एजेण्डा पूरा हुने चरणमा रहेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपा एस सुदूरपश्चिम प्रदेशको अध्यक्षमा लालबहादुर खड्का चयन
-
फोर्ब्सको नयाँ अर्बपति सूची सार्वजनिक, यी हुन् १५ सेञ्चुरी बिलिनियर्स
-
मोटर्स कम्पनीमा वाणिज्य विभागको अनुगमन, पाँच कम्पनीको बिक्री वितरण रोक्का
-
तराई मधेस जागरण अभियान पुनः सुरू भयोः अध्यक्ष दाहाल
-
प्रधानमन्त्रीले भेटे थाइल्याण्डका राजा
-
कर्मचारी स्थायी गर्न गण्डकी विश्वविद्यालयलाई उच्चको तगारो, दियो अन्तरिम आदेश