सरकार अध्यादेशको पासोमा पर्यो : माओवादी केन्द्र

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकार अध्यादेशको पासोमा परेको टिप्पणी गरेको छ । शुक्रवार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाले संसद् बोलाएको २१ दिनमा अध्यादेश अघि बढ्न नसकेको र सदनको काम शून्य भएकाले सरकार अध्यादेशको पासोमा परेको टिप्पणी गरे ।
सबैभन्दा बढी प्रभावकारी हुनुपर्ने संस्था सदन भए पनि आरोप–प्रत्यारोपको थलो बन्न पुगेको उनले बताए । प्रवक्ता सापकोटाले दुई तिहाइको कुरा गर्ने सरकारले अध्यादेशबाट शासन चलाउन खोजेको आरोप लगाए । उनले सरकारले ल्याएको अध्यादेश समेत निश्चित वर्ग र घरानालाई फाइदा हुने गरी आएको समेत बताए ।
सापकोटाले सरकारका सबै क्रियाकलाप हेर्दा ठुला दुई दल मिलेर बनेको सरकार तानाशाहीकरण तर्फ उन्मुख रहेको जिकिर गरे । सरकारको क्रियाकलापविरुद्ध बोल्न पाउने नागरिकको अधिकारलाई समेत कुण्ठित गर्ने काम सरकारले गर्न खोजेको उनले बताए ।
उनले प्रतिगमनको खतराविरुद्ध खबरदारी गर्दै संविधानको रक्षा गर्न माओवादी जनतातर्फ फर्किएको जिकिर गरे । जनस्तरमा सङ्गठन सुदृढीकरणका लागि समेत जनतासँग माओवादी अभियान अन्तर्गत फागुन १२ गते झापाबाट सुरु गरी चैत्र ८ गते कञ्चनपुरमा गएर समापन हुने उनले बताए ।
उक्त अभियान सम्पन्न भएपछि मध्यपहाडी लोकमार्ग दुई महिने अभियान सञ्चालन हुने प्रवक्ता सापकोटाले बताए । सो क्रममा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृत्तिको विरोध र भण्डाफोर गर्ने उनको भनाइ छ ।
उनले ढिलो नगरी सबै पार्टीसँग छलफल गरी सरकारले विश्व दृष्टिकोण तयार गर्नुपर्ने धारणा राखे । उनले वर्तमान सरकारको कुशासनले गर्दा पूर्वराजाले व्यवस्थाविरुद्ध बोल्ने अवस्था सिर्जना भएको जिकिर गरे । मुलुकमा राजा फर्कने कुरा शतप्रतिशत असम्भव रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन दलहरूबिच साझा सहमतिका आधारमा गर्नुपर्छ : सांसद न्यौपाने
-
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक : नेताहरूले धारणा राख्ने क्रम जारी (तस्बिरहरू)
-
मुस्ताङमा सिसा, धातु र प्लास्टिकजन्य फोहर व्यवस्थापन अभियान
-
नेपाल ‘ग्रे लिस्ट’बाट बाहिर निस्कन कस्तो सुधार र प्रतिबद्धता आवश्यक पर्छ ?
-
मधेस प्रदेश सरकारको सङ्कल्प प्रस्ताव विवादमा
-
आफूलाई भेट्न आउन लागेका दुई नेतामाथि खनिए ट्रम्प