शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

‘बालापनको उमेर २’ मा आन्भीको आकर्षक अभिनय

शुक्रबार, ०९ फागुन २०८१, १६ : ५१
शुक्रबार, ०९ फागुन २०८१

काठमाडौंँ । बालकलाकार आन्भी ओली अभिनित म्युजिक भिडियो ‘बालापनको उमेर २’ सार्वजनिक भएको छ । गीतमा ओलीलाई अभिनयमा अभिनेत्री प्रियंका कार्की र उनकी छोरी आयंकाले साथ दिएका छन् ।

आन्भी गायक तथा निर्माता सरोज ओलीकी छोरी हुन् । यो उनको पहिलो म्युजिक भिडियो हो । भिडियोमा मौसम हिमालीको कोरियोग्राफी तथा निर्देशन छ । 

बसन्त सापकोटाको शब्द र संगीत गीतमा छ । यो गीत २०१८ मा रिलिज भएको चर्चित गीत ‘बालापनको उमेर’ को दोश्रो भर्सन हो ।

गीत स्वर गायिका समिक्षा अधिकारीले दिएकी थिइन् । यो गीतले समिक्षाको करियरमा नयाँ मोड ल्याएको थियो ।

सार्वजनिक भिडियोमा नवराज उप्रेती र सुनिल भण्डारीले छायांकन,भुपेन्द्र अधिकारी र मनोज कार्कीको सम्पादन छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप