शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

मातृभूमि पार्टीद्वारा संघर्षका कार्यक्रम घोषणा

शुक्रबार, ०९ फागुन २०८१, १५ : ४४
शुक्रबार, ०९ फागुन २०८१

काठमाडौँ । राष्ट्रिय मातृभूमि पार्टीले प्रथम स्थापना दिवसको अवसर पारेर कुशासन, भ्रष्टाचार र बेथिति विरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी वर्तमान संसदीय व्यवस्थाबाट देश र जनताले न्याय, समृद्धि र सुशासन नपाउने जिकिरसहित सङ्घर्षको घोषणा गरेको हो । 

सो पार्टीका अध्यक्ष रामशरण पाण्डेले देश एकपछि अर्को गर्दै असफलताको दिशामा अभिमुख हुँदै गएकाले त्यसलाई रोक्न आफ्नो पार्टीले संघर्षका कार्यक्रम घोषणा गरेको बताए ।

जसअनुसार भोलि फागुन १० गते काठमाडौँको शान्तिवाटिकामा देशको कुशासन, भ्रष्टाचार र बेथिति विरुद्ध मातृभूमि जनजागरण तथा झाडुकुचो कार्यक्रम बिहान ८ः३० बजेदेखि सुरुवात गरेर त्यसलाई देशैभरि बिस्तार गरिने घोषणा गरिएको छ । यसैगरी २० गते माइतीघर मण्डला काठमाडौँ प्रदर्शन तथा २१ गते प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउने, २२ गते हेटौँडा बुद्धचोक, २३ गते पर्सा वीरगन्ज, २४ गते रौतहटको माधवपुर, २५ गते धनुषाको जनकपुर, चैत्र पहिलो साता सुदूरपश्चिम र चैत्र दोस्रो साता पूर्वको कोशीमा मातृभूमि जनजागरण तथा झाडुकुचो कार्यक्रम गर्ने तय गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप