शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय
राजनीति

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र स्थायित्व र सुशासन दिन सक्छ : प्रचण्ड

शुक्रबार, ०९ फागुन २०८१, १५ : ३९
शुक्रबार, ०९ फागुन २०८१

पोखरा। पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र राजनीतिक स्थायित्व र भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नसक्ने बताएका छन् । 

शुक्रबार पोखरामा आयोजित तमु राष्ट्रिय मुक्ति मोर्चा नेपालको राष्ट्रिय भेलाको उद्घाटन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् । 

भेलामा प्रचण्डले भने, ''संविधान निर्माणको बेला नै हामीले केही 'रिजर्भेसन' राखेका छौँ। संविधान संशाेधन नै गर्ने हो भने हामी तयार छौँ। तर, कसका लागि, कसको पक्षमा ? यो महत्वपूर्ण प्रश्न हो। हामी प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र समानुपातिक निर्वाचन प्रणालीको पक्षमा छौँ। यसले मात्र राजनीतिक स्थिरता र सुशासन कायम गर्न सक्छ।"

भेलामा अध्यक्ष प्रचण्डले आफू उत्पीडित वर्ग र जातिको पक्षमा रहेको बताए । कार्यक्रममा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरूङले जातीय समस्या वर्गीय समस्याकै भिन्नरूप भएको बताए । 
नेता गुरूङले भने,  ''जातीय प्रश्न राष्ट्रियतासँग अभिन्न रूपले जोडिएको छ। यसको वर्गीय प्रश्नसँग गहिरो सम्बन्ध राख्दछ। उत्पादन सम्बन्धका आधारमा नै जाति निर्माण हुन्छ। राष्ट्रियता अन्तत: सामाजिक सम्बन्धको स्वरूप नै हो। यसलाई अलग अलग रूपमा बुझ्नु हुँदैन।"
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप