खुला लन टेनिसमा प्रदीपको ह्याट्रिक

बुटवल । खुला लन टेनिसमा प्रदीप खड्काले ह्याट्रिक गरेका छन् । रुपन्देहीमा भएको मेयर कप तथा बुटवल खुला लन टेनिस प्रतियोगिता २०८१ को फाइनलमा रितिक रानालाई पराजित गर्दै उनले लगातार तेस्रो पटक उपाधि चुमेका हुन् ।
उपाधिसँगै उनले नगद ६० हजार, कप, मेडल, प्रमाणपत्र प्राप्त गरे ।
पहिले संस्करणमा प्रणव खनाल विजेता भएका थिए । दोस्रोमा प्रदीप खड्का, तेस्रो र चौथो संस्करणमा रितिक राना विजेता बनेका थिए । त्यसपछि लगातार ३ वर्ष प्रदीपले उपाधि आफ्नो नाममा गर्न सफल भए ।
शुक्रबार भएको फाइनल खेलमा रितिकले ६–३ अङ्कसहित पहिलो सेट जित निकालेका थिए ।
तर दोस्रो सेट भने ७–६ ले प्रदीपले आफ्नो पक्षमा पारेका थिए । निर्णायक अन्तिम सेटमा प्रदीप कम ब्याक गर्दै ६–१ को अङ्कले जित निकाल्दै उपाधि कब्जा गरेका हुन् ।
यस्तै ३५ प्लस सिगलको उपाधि जितेन्द्र परियारले चुमेका छन् । फाइनलमा सन्तोष खत्रीलाई ६–४, ६–१ को सेटमा पराजित गदै उनले उपाधि चुमे । ४५ प्लस सिगलमा भने कमल बहादुर भण्डारीले देव क्षेत्रीलाई ६–१, ६–१ को सेटमा पराजित गर्दै उपाधि चुमेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदी मौरिससकाे राष्ट्रिय दिवस समारोहमा सहभागी हुने
-
स्ववियु निर्वाचनमा विद्यार्थी संगठनहरूबिच तालमेल नहुने
-
पाथीभरामा यस वर्षकै बाग्लो हिमपात
-
महाकुम्भ स्नानका लागि गएका पूर्वप्रधानाध्यापक सिंहको सवारी दुर्घटनामा मृत्यु
-
नेपाल–भारत सीमा क्षेत्रमा एसएसबीको ज्यादती
-
एउटै वडामा तीन जलविद्युत् आयोजनाको निर्माण सुरु