शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

टिजरमा यस्तो देखियो हरिवंश अभिनीत फिल्म ‘भूठान’

शुक्रबार, ०९ फागुन २०८१

काठमाडौँ । हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘भूठान’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा आचार्य अमेरिका लगिएका भुटानी आप्रवासीको भूमिकामा देखिएका छन् । जहाँ उनी आफ्नो देश फर्कन खोजेको तर नपाएर विक्षिप्त बनेको मानसिक रोगी भएको देखाइएको छ । 

अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको ‘भूठान’को मुख्य भूमिकामा हरिवंशको अलवा दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द (लामा), ऋचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी साथै हलिउडका विश्वविख्यात अभिनेता ब्रुस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन् । 

विनोद पौडेलको निर्देशन रहेको फिल्म हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको पहिलो नेपाली फिल्म हो । भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोबास गरिरहेका भुटानीहरूको देशप्रेम र आफ्नो थातथलो छोड्न पर्दाको कथा र आफ्नो जराको खोज समेटेर बनेको यस फिल्मको सम्पूर्ण छायाङ्कन अमेरिकामै गरिएको हो । 

फिल्मको प्रमुख निर्मातामा राजेन्द्र ठकुराठी, अमिताव जोशी, अविरल थापा, सुशांक मैनाली र किर्तना बास्कोटा हुन् । कार्यकारी निर्मातामा विकाश भिटो अधिकारी, एल एन अधिकारी, कौशिला खनाल, रमेश भट्ट, अपार श्रेष्ठ, भुवन प्याकुरेल छन् भने सह–निर्मातामा जोयस पाण्डे, प्रदीप शर्मा (बडाईं) र नवराज पराजुली रहेका छन् । 

फिल्ममा सुसन प्रजापतिको छायाङ्कन, अन्जय खड्काको सम्पादन, कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन छ ।

फिल्मलाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेष्ट ईन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गरेको हो । फिल्म अगामी वैशाख १२ गतेदेखि प्रदर्शनमा आउनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया