शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

एलन मस्क एक्समा एक दिनमै १५४ वटा पोष्ट गर्न कसरी भ्याउँछन् ?

शुक्रबार, ०९ फागुन २०८१, १५ : ०७
शुक्रबार, ०९ फागुन २०८१

वासिङटन डीसी । अमेरिकी खर्बपति व्यापारी एलन मस्क सधैँ चर्चामा रहने गर्छन् । मस्क अन्तरिक्ष अन्वेषण कम्पनी स्पेश एक्स, विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला र माइक्रो ब्लगिङ वेबसाइट एक्सका मालिक हुन् । उनी विश्वको सबैभन्दा धनी व्यक्ति पनि हुन् । 

यो बाहेक पनि केही हप्तादेखि मस्कले राष्ट्रपति डोनल्ड ट्रम्पको प्रशासनमा सरकारी दक्षता विभागको जिम्मा पनि लिएका छन् । यस्तोमा उनको व्यस्तता कस्तो होला कसैले पनि कल्पना गर्न सक्दैन । तर यति व्यस्तताका बाबजुद पनि मस्कले एक दिनमै एक्समा १५४ वटाभन्दा धेरै पोष्ट गर्न चाँहि कसरी भ्याउँछन् ? 

मस्क जति व्यस्त यो संसारमा कमै मान्छे होलान् । तरपनि सामाजिक सञ्जालमा उनको अनलाइन उपस्थितिले एउटा रोचक प्रश्न खडा गर्छ । तिनले यसका लागि कहाँबाट समय पाउँछन् ? इन्डिया टुडेको ओसिन्ट टोलीले सोशल ब्लेड टूलमार्फत विगत दुई वर्षमा मस्कको सामाजिक सञ्जाल पोस्टिङ फ्रिक्वेन्सीको विश्लेषण गरेको छ । २०२४ मा हुने अमेरिकी चुनाव अघि उनको पोस्टिङको आवृत्तिमा तीव्र वृद्धि भएको पाइयो । मस्कले २०२४ मा एक्समा २९ हजार १७२ पटक पोस्ट गरेका थिए । यसमध्ये १८ हजार ३३५ पोस्ट ट्रम्पको समर्थनमा थिए । 

उनले सबैभन्दा धेरै पोस्ट नोभेम्बर १८ देखि नोभेम्बर २५ को बिचमा गरेका थिए यतिबेला उनले दिनको औसत १५४ वटा पोस्ट गरे । यो त्यहीँ समय पनि थियो जसमा मस्कले डजको प्रमुखको रूपमा आफ्नो नयाँ भूमिकाको लागि आफ्नो योजनाहरूको रूपरेखा प्रस्तुत गरेका थिए । २०२४ को मेमा मस्कले हरेक हप्ता औसत ३३२ पोस्ट गरेका थिए । यो जुनमा थोरै घटेर २७० मा झर्‍यो । जुलाईमा उनका साप्ताहिक पोस्ट औसत ४१५ पुगे अगस्टमा ४३७ अनि सेप्टेम्बरमा यो ५८० मा उक्लियो । राष्ट्रपति चुनाव भएको महिना नोभेम्बरमा हरेक हप्ता मस्कका ९७७ पोस्ट आएका छन् । 

एक्समा मस्कका २१ करोड ८३ लाख फलोअर छन् । मस्कका पोस्टहरू पोष्ट मात्रै होइनन् । उनी सामाजिक सञ्जालमा देखिनका लागि मात्रै पनि पोष्ट गर्दैनन् । उनको हरेक पोष्टको प्रभाव देखिन्छ । उनीहरूका पोस्टहरूले शेयर बजारलाई प्रभावित गर्छन्, कहिले क्रिप्टो बजारमा उतारचढाव देखिन्छन् । बहस छेड्ने र ‘न्यारेटिभ’ स्थापित गर्ने काम पनि गर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप