शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट तीनवटा रंगशालामा

शुक्रबार, ०९ फागुन २०८१, १४ : ५३
शुक्रबार, ०९ फागुन २०८१

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आगामी संस्करण फागुन २५ देखि चैत १६ गतेसम्म आयोजना हुने भएको छ । प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यक्रम अनुसार, नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको हो ।  

प्रतियोगिता लुम्बिनी प्रदेशको सिद्धार्थ रंगशाला, एक्स्ट्राटेक ओभल क्रिकेट मैदान र लमही क्रिकेट मैदानमा सञ्चालन हुने क्यानले जनाएको छ । क्यानका अनुसार, प्रतियोगिता राउण्ड रोविन लिगका आधारमा सञ्चालन हुनेछ ।

प्रतियोगिताको पहिलो दिन फागनु २५ गते तीनवटा खेल हुनेछ । पहिलो दिन सिद्धार्थ रंगशालामा कोशी प्रदेश र लुम्बिनी प्रदेश, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा बागमती प्रदेश र एपीएफ क्लब तथा लमही क्रिकेट मैदानमा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबिच खेल हुनेछ । 

प्रतियोगिताको दोस्रो दिन २६ गते पनि तीन खेल हुनेछ ।  दोस्रो दिन सिद्धार्थ रंगशालामा आर्मी क्लब र बागमती प्रदेश, एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब तथा लमही क्रिकेट मैदानमा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशबिच खेल हुनेछ ।

cccc

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप