शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

युवा मिडफिल्डर रोहन कार्की काठमाडौँ रेजर्सको मार्की खेलाडी, तीन खेलाडी ‘रिटेन’

शुक्रबार, ०९ फागुन २०८१, १४ : ३८
शुक्रबार, ०९ फागुन २०८१

काठमाडौँ । फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि सहभागी टोलीमध्येको एक काठमाडौँ रेजर्सले युवा मिडफिल्डर रोहन कार्कीलाई आफ्नो ‘मार्की खेलाडी’ बनाएको छ । 

रोहनले गत कार्तिकमा ताजकिस्तानविरुद्ध खेल्दै राष्ट्रिय टोलीबाट ‘डेब्यू’ गरेका थिए । युवा खेलाडीलाई मौका दिने उद्देश्यले रोहनलाई ‘मार्की खेलाडी’ बनाइएको काठमाडौँ रेजर्सले शुक्रबार जनाएको छ । 

यसैगरी, काठमाडौँ रेजर्सले एनएसएलको तेस्रो संस्करणका लागि तीनजना खेलाडीलाई रिटेन (आगामी सिजनका लागि क्लबमै राख्ने) गर्ने निर्णय पनि गरेको छ । 

काठमाडौँ रेजर्सले ‘ए’ श्रेणीबाट दिपेश गुरुङलाई तथा ‘बी’ श्रेणीबाट अभिषेक बराल र कुलदीप कार्कीलाई रिटेन गरेको हो । एनएसएलको अक्सन शनिबार हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप